27 C
Kathmandu
Tuesday, September 28, 2021
Your Ad Here  9857041698

चौंथो मोतिलाल स्मृती दिवस सम्पन्न

- Advertisement -
- Advertisement -spot_imgspot_img

जीवन न्यौपाने,
१९ वैशाख, नवलपरासी ।
मोतिलाल क्याम्पसको चौंथो मोतिलाल स्मृती दिवस आज सम्पन्न भएको छ ।  क्याम्पस स्थापनाको लागी ज्ञान महायज्ञ आयोजना गरीएको र उक्त ज्ञान महायज्ञमा सबैभन्दा ठुलो धनरासी दान दिनुहुने स्व मोतिलाल न्यौपानेको नाम बाटै क्याम्पसको नाम राखिएको थियो । स्व मोतिलाल न्यौपानेको पुण्य तिथिको दिन पारी उहाँको सम्झनामा हरेक वर्ष वैशाख १९ गते उक्त क्याम्पसले मोती स्मृती दिवस मनाउदै आइरहेको छ । साथै उक्त मोती स्मृतिको अवसरमा प्रत्यक वर्ष मानविकी र व्यवस्थापन संकायमा सर्वोत्कृष्ट नतिजा ल्याउने १|१ जना विधार्थिलाई मोती स्मृती छात्रवृती प्रदान गरिदैँ आइएको छ । जसमा यस वर्षको छात्रवृतिमा व्यवस्थापन तर्फ विधार्थी कृष्ण पाण्डे र मानविकी तर्फ स्वागत थापा पर्न सफल भएका छन । प्रति विधार्थी २५०० रुपिँया नगद  रासी रहेको उक्त छात्रबृतिको रकम स्व मोतिलाल न्यौपानेका जेष्ठ सुपुत्र धनराम न्यौपानेले प्रदान गर्नुभएको थियो । साथै उक्त स्मृती दिवसको अवसरमा विधार्थी वित्तिय सहयोग धम्सिखेल लालितपुरबाट प्रथम वर्षमा अध्ययरत आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विधार्थिलाई हरेक वर्ष प्रदान गरीने छात्रवृतिमा नाम निकाल्न सफल ११ जना विधार्थिहरुको नाम समेत सार्वजनिक गरीएको थियो ।
मोतिलाल क्याम्पस व्यवस्थापन समिती अध्यक्ष प्रकाश पंगेनीको सभापतित्व र क्याम्पस प्रमुख डा श्याम प्रसाद न्यौपानेको स्वागत मन्तव्यमा सञ्चालन रहेको कार्यक्रममा स्व मोतिलाल न्यौपाने का जेष्ठ छोरा धनराम न्यौपानेको प्रमुख आतिथ्यता, साथै अन्य अतिथिहरुमा स्व मोतिलाल न्यौपानेका छोराहरु रामकृष्ण न्यौपाने, रामप्रसाद न्यौपाने,चिन्तामणी न्यौपाने, खुमानन्द न्यौपाने, भविश्वर न्यौपाने तथा क्याम्पस व्यवस्थापन समिती उपाध्यक्ष नारायण प्रसाद तिवारी, कोषाध्यक्ष डोलराज भण्डारी, लगायत अन्य सदस्यहरु रहनुभएको कार्यक्रमको सञ्चालन क्याम्पसका शिक्षक भोजराज पौडेलले गर्नुभएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!