24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

दिगो गाउं बनाउन जुटे गाउंले

- Advertisement -Flowers in Chania

नवलपरासी, १७ बैशाख

कावासोती–१५ को बाघखोरलाई दिगो गाउं बनाउनका लागि स्थानीय एक जुट भएर लाग्ने घोषणा गरेका छन् । विश्व वन्यजन्तु कोषको सहयोगमा दिगो गाउं बनाउन ३ दिने नेतृत्व विकास तालिम पश्चात आफ्नो गाउं बनाउन सवै एक जुट भएर लाग्ने प्रतिवद्वता जनाएका हुन् ।

तालिमको सहजिकरण गर्दै नेपाल टेलिभिजन अधयक्ष तथा नेपाल जेसीज पूर्व राष्ट्रिय अधयक्ष  महेश दाहालले स्थानीयको एकता, जैविक विविद्यता, मौलिक कला संस्कृति संरक्षणप्रति सचेतनाले दिगो समृद्व गाउं बनाउन पर्याप्त आधार बनेको बताउनुभयो ।

सहजकर्ता तथा देवचुली टेलिभिजनका अध्यक्ष केबी रानाले सिमान्तकृत बोटे, मुसहर, आदिवासी थारु समुदायमा दिगो गाउं बनाउने योजना आफैमा उदाहरणीय भएकाले सफल बनाउन सवै सरोकारवालाहरु लाग्नुपर्ने बताउनुभयो ।

विश्व वन्य जन्तु कोष तराई भुपरिधी कार्यक्रम सहआयोजना प्रवन्धक तिलक ढकालले दिगो गाउं निर्माण गर्न स्थानीयमा नेतृत्वको विकास गर्न तालिमको आयोजना गरिएको बताउनुभयो ।

तालिमका सहभागीहरुले दिगो गाउं निर्माण गर्न उत्साहित भएको बताएका छन् । प्रशिक्षार्थी पिंकी महतोले व्यवहारिक तालिम भएकाले व्यवहारमा कार्यान्यवन गरेरै छोड्ने बताउनुभयो । तालिममा ६० जना सहभागी रहेको थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्