24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

मलाइन मा छु (कविता)

- Advertisement -Flowers in Chania

दिपक भट्टराई

परार भरें –परेन ,

पोहर पनि भरें –परेन,

यसपालि त सांच्चै पर्छ बा रात दिन बाइबलपढेकै छु,

परमेश्वर जपेकै छु हो बा, यो सालपनि डिभि भर्न मलाइनमा छु ।

तिमीले बुनेका भकारीहरु आँटीमा रित्तै छन् बा हलो गोठमाकहाँ छ कुन्नी जुवा तासेर छोराले ब्याट बनाएँ भन्थ्यो,

खेतबारी पट्पटी फुटेका छन् गोठ रित्तै छ–डिंगा कसले पाल्नी हो बा,

जंगलमा दाउरा त्यसै छन् रे बारीमा अलि अलि भएका डाँठपनिकुहुँदै छन् रे कस्लाई फुर्सद छ र बा?

तिम्रो बिंडो थाम्ने,

बुढी बजारमाचामलको लाइनमा छे सानी छोरी डेरीमादुधको लाइनमा छे उमेर पुगेको कान्छो छोरो –तिम्रो नाती कतै सिनेमाहलतिर तरुनीताक्ने लाइनमाहोला बा,

धरोधर्म ढाँटे मरीजाम तीनदिनतीन रातभयो म ग्याँसको लाइनमा छु ।

म सानो छदाँ तिमीले सुनाउथ्यौ नि

बा हिंडेरै बटौलीगाको घीउसँग नुन साटील्याकोे बल्लबल्ल देखाउँथ्यौ गैरी खेत चिन्दा ढुंगाले थिचेकाहात कुलो खन्दा भिरबाट लडेकाखत अझै सुनाउँथ्यौ

बा– उहिलेका कुरा जिजु बाजेका पौरखका कथाहरु भोकभोकै,

पानी पनि नखाई ढुगांमाटोको भरमा बैरीसँग लडेकावीरगाथाहरु मैले भुलेको छैन

बा तिमीले भाका मिलाइ मिलाइ भन्थ्यौ म चाख मानी मानी सुन्थें

गुन्द«ुक र खोले अनि बनका गीठा भ्याकुर खाएर हाम्रो पुर्खाले बनाएको स्वाभिमानको इतिहास

आज एकादेशको कथा जस्तै लाग्छ गाली नगरे बा मैले केहीगर्नै सकिन फुर्सत पनि त छैन गैरी खेत बेचेर किनेको पल्सर के धन्सारमा त्यसै थन्काउनु र ?

एक दुईदिन त ब्लाक मा किनेरै पनि चढें यसपालि त बा,

तिम्रो तिथि पनि भुसुक्कै भुलेछु धरोधर्म ढाँटे मरीजाम तीन दिन तीन रात भयो म पेट्रोलको लाइनमा छु ।

धर्मकर्म यस्तै भो बा गायत्रीमन्त्र युट्युबमा खोज्छु बिहानै आठ बजे उठी हिजोको ह्यागं मेटन सुटुक्कभी भित्र छिर्छु चुरोट सुर्ति नभइहुन्न मासु नभइभातै छुन्न हो बा,

के भयो के भयो तिम्रो देश जेठो छोरो कोरियाको लाइनमा छ जेठी छोरी इजरायलको ।

अब त कति नै बाँचिएला सुगर प्रेसर सबै छ रे,

बा बाँकीगन्थन भेटेरै गरौंला घाटमा पनि भिंडै भिंड छ र,े बा हवस् त

बा– अब अन्तिम पटक मलाइनमा छु ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्