8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नवलपरासीका कहाँ- कहाँ छन एसएलसी परीक्षा केन्द्र

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत्र १८ गते अर्थात विहीबारबाट शुरु हुने एसएलसी प्रवेशिका परीक्षाको तयारी नवलपरासीमा पुरा भएको छ । जिल्ला शिक्षा कार्यालय नवलपरासीका परीक्षा फाँटका प्रमुख पशुपति भट्टराईका अनुसार नवलपरासीमा एसएलसी परीक्षाको तयारी पुरा भएको छ । ४१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको नवलपरासीमा केन्द्राध्यक्ष तोक्ने, तालिम प्रदान गर्ने काम सकिएको छ । त्यसैगरी परीक्षा केन्द्र नजिकको प्रहरी कार्यालयमा प्रश्न पत्र र उत्तर पुस्तिका पठाउने काम पनि सकिएको छ । भट्टराईका अनुसार विद्यालय निरीक्षकहरुलाई मंगलबार कार्यविभाजन गरेर कार्यक्षेत्रमा समेत खटाइएको छ। एस एल सी परीक्षाका लागि नवलपरासीमा यस बर्ष ४१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । गत वर्ष ४० वटा परीक्षा केन्द्र तोकिएको थियो । यस वर्ष परीक्षाका लागि जिल्लाको कुश्मा गाविसमा रहेको सिद्धार्थ माविमा एउटा परीक्षा केन्द्र थप गरिएको जिल्ला शिक्षा कार्यालय नवलपरासीका परीक्षा शाखाका प्रमुख एवम् सहायक जिल्ला शिक्षा अधिकारी हेमराज अर्यालले बताए । दाउन्नेवारी नवलपुर क्षेत्रमा २३ र दाउन्ने पारी परासी क्षेत्रमा १८ वटा गरी ४१ वटा परीक्षा केन्द्रं निर्धारण गरिएको अर्यालले जानकारी दिए । नवलपरासीको पहाडि क्षेत्रमा डेढगाउं र बुलिंगटार त्रिभुवन उच्च मावि बुलिंगटारमा २ वटा परीक्षाकेन्द्र तोकिएको छ । यस्तै नवलपुर क्षेत्रमा अन्य परीक्षा केन्द्रहरुमा गैडाकोटमा जनक उच्च मावि र कालिका उच्च मा वि, अमरापुरीको लक्ष्मी उच्च मावि, रजहरको देवचुली उच्च मावि र बरचुली माविमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी प्रगतिनगरको जनज्याति उच्च मावि र जनज्योति नमुना मावि, कावासातीको ज्ञानोदय मावि, शिव उच्च मावि, जीवन ज्योति उमावि, सहिद स्मृति मावि, डण्डाको जनता उच्च मावि डण्डा र जनता उच्च मावि त्रिभुवनटारमा परीक्षा केन्द्र तोकिएको छ । गोछडाको सरस्वती उच्च मावि, कोल्हुवाको कुमारवर्ती उच्च मावि, चोरमाराको नवजागरण उच्च मावि र नवलपुर इ. बोडिंग स्कुल, अरुणखोलाको जनता उच्च मावि र जनता मावि दुम्किबासको भानोदय उच्च मा.वि.मा परीक्षा केन्द्र तोकिएको अर्यालले बताए । उता परासी क्षेत्रमा दाउन्ने देवी उच्च मावि बर्दघाट, कुमुदिनी बोडिं स्कूल बर्दघाट, दिव्यज्याती उमावि बर्दघाट, राजमाहात्मा उच्च मावि पञ्चनगर, जगन्नाथ उच्च मावि भूमही, भगवती मावि बनकट्टी , सोमनाथ बाबा उमावि सुनवलमा परीक्षा केन्द्र तोकिएको छ। त्यस्तै प्रगति मावि स्वाठी, आदर्श उमावि परासी, पवन उमावि परासी, सयपत्री इं बोडिंग स्कूल परासी, लिटिल इन्जल्स उमावि परासी, जनता उच्च मावि मनरी, आदर्श उमावि सेमरी, आदर्श इं बोडिंग स्कूल सेमरी, त्रिभुवन उमावि बेलाटारी र नारायणी गण्डकी उमावि त्रिवेणीमा यस बर्षको लागि परीक्षा केन्द्र तय गरिएको छ । महाकवि देवकोटा उच्च मावि सुनवलको स्थानमा यस वर्ष भगवती मावि बनकट्टीमा केन्द्र निर्धारण गरिएको अर्यालले बताए । नवलपरासीबाट यस वर्ष ११ हजार २ सय ७३ जना नियमित र १८ सय ३८ जना एक्जामटेड गरि १३ हजार १ सय ११ जना परीक्षार्थी परीक्षामा सामेल हुन आवेदन दिएका छन्

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!