8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

गुरुकुल निर्माणका लागि नवलपरासीको गैंडाकोटमा धार्मिक महामहोत्सव हुने

- Advertisement -
- Advertisement -spot_imgspot_img

नयाँ वर्षको सुरुसँगै नवलपरासीको गैंडाकोटमा धार्मिक महामहोत्सवको तयारी गरिएको छ ।  नारायणी नदी किनारमा हुने महामहोत्सवको लागि उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष अमृत भट्टचनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर  तयारी अगाडी बढाइएको छ । महोत्सव बैशाख १ देखि १५ सम्म सञ्चालन हुने छ । त्यसका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । विश्व जागरण महा–अभियान ट्रष्ट देवघाटद्धारा आयोजित महोत्सवमा विश्व विख्यात बाल व्यास श्री इश्वर कृष्ण महाराजले कथा वाचन गर्ने आयोजकले जनाएको छ । हिन्दुहरुको धर्म संस्कार र संस्कृति संरक्षण गरि राष्ट्रको प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको संयोजक भट्टचनले बताउनुभयो । धार्मिक पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार गर्नु पनि महोत्सवको उद्देश्य रहेको छ । भट्टचनका अनुसार महोत्सवबाट संकलित रकमबाट देवघाटधाममा गुरुकुल निर्माण र भूकम्पबाट प्रभावित असाय बालबालिकाहरुका लागि खर्च गरिने छ । त्यस्तै संकलित रकमबाट नारायणी नदी किनारमा सोलर बत्ति जडानका साथै स्नान घाट निर्माण गरिने संयोजक भट्टचनले जानकारी दिनुभयो । महोत्सवमा  एक करोड ११ लाख पार्थिव शिव लिङको विशेष पूजा हुने छ भने ११ लाख रुद्राक्ष नारायणी नदीमा बगाईने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!