8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

भुमि समस्या समाधानमा सरोकारवालाको ध्यान पुगेन

- Advertisement -
- Advertisement -spot_imgspot_img

सरस्वती शर्मा , परासी ,

भुमिको समस्या समाधान गर्न राज्यपक्ष र राजनितिक दलहरु गम्भिर नदेखिएको भुमिअधिकारकर्मिहरुले गुनासो गरेका छन् । राष्ट्रिय भुमि अधिकार मन्च नवलपरासीले परासीमा गरेको सर्वपक्षिय अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले भुमिका समस्याको बारेमा छलफल र समाधान गर्न सरकारका निकाय र जिम्मेवार राजनितिक दलहरुले चासो नलिने गरेको आरोप लगाएका हुन् । भुमिको समस्या समाधान गर्ने निकायले चासो नलिदाँ भुमिहिन सुकुम्वासी तथा भुमिपिडितहरुको समस्या वर्षाेँ देखि समाधान हुन नसकेको उनिहरुको भनाई थियो । भुमि अधिकार मन्चका जिल्ला अध्यक्ष पुर्ण कुमार बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सचिव विन्जु खाँडले नवलपरासीमा चोरि तथा जालसाझी, बाढिपिडित, सुकुम्वासी, भुमिहिन, गाउँव्लक, निकुन्ज पिडित, ठाकेर, नदी उकास, उखडा, ऐलानी पर्ति लगायतका समस्याबाट किसानहरु पिडित रहेको बताउनुभयो । कार्यक्रममा सहभागिहरुले यस विषयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी तथा जिल्लाका राजनितिक दलहरुलाई बोलाईए पनि उनिहरु नआएको भन्दै आक्रोस पोखेका थिए । किसानहरुले कार्यक्रममा उपस्थीत केहि राजनितिक दलका प्रतिनिधिहरुलाई आफनो पिडा सुनाएका थिए ।कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य कुलदिप आर्चाय, नेकपा एमालेका क्षत्रिय अध्यक्ष रामचन्द्र भण्डारी, तमलोपाका उपाध्यक्ष पुरन चौधरी, परिवार दलकी मन्जु योगी, नयाँ शक्ति नेपालका नगर ईन्चार्ज अमिरुल्लाह मिया लगायतले भुमिपिडितको समस्या समाधानका लागि आ आफनो स्तरबाट पहल गर्ने प्रतिवद्धता जनाउनुभएको राष्टिय भुमि अधिकार मन्चका संस्थापक अध्यक्ष रामवतार हरिजनले बताउनुभयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!