8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

कावासोतिमा वातावरण मैत्रि अभियानमा महिला

- Advertisement -
- Advertisement -spot_imgspot_img

 

सावित्री रेग्मी,नवलपरासी,

पछिल्लो समय देशमा विभिन्न किसीमका अभियानले तिव्रता पाईरहेको छ । जस अनुसार एक पछि अर्को गर्दै विभिन्न समुदाय,गाउं,गाविस,नगरपालिका लगाएत का पहलमा सरसफाई अभियान,वाल मैेत्रि अभियान,सात्क्षरता लगायतका विभिन्न किसीमका अभियानहरु सञ्चालन भईराखेका छन । यसै अभियान मध्येको कावासोति नगरपालिकामा पनि वातावरण मैत्रि अभियानले यतिवेला तिव्रता पाईरहेको छ ।यस्ता किसीममा अभियानलाई सफल वनाउन विशेष गरी महिलाहरुको महत्वपुर्ण भुमिका रहने हुदां यो अभियानमा महिलाहरुको सहभागीता वढाउन विशेष जोड दिईएको छ । यो अभियान लाई अगाडी बढाउनका लागी विशेषत प्लाष्टिक जन्य वस्तुको प्रयोगमा कमि ल्याउनु पर्दछ । यसैलाई मध्ये नजर गर्दै नवलपरासीको कावासोति १३ पिठौलिमा वातावरण मैत्रि झोला निमार्ण सम्वन्धि तालिम शुरु गरिएको छ । वातावरणमैत्रि झोलाको निमार्णका लागी प्रेरणा नेपाल कावासोतिको आयोजना र कावासोति नगरपालिकाको सहयोगमा पिठौलिका १० जना गरिव तथा विपन्न वर्गका महिलाहरुलाई लक्षित गरि तालिम सञ्चालन गरिएको छ । नगरपालिका मा सञ्चालन भईरहेको अभियान अन्र्तगत महिलाहरुलाई अभियान संग संगै यो तालिमले आम्दानिको वाटो वन्न सहयोग पुग्ने छ ।र यो अभियानलाई प्लाष्टि जन्य वस्तुको प्रयोग नर्गनलाई नगरपालिकाले गरेको प्रयासमा समेत सहयोग पुग्ने प्रेरणा नेपाल कावासोतिका अध्यक्ष दिपक सुवेदी बताउंनुहुन्छ । नगरपालिकाले नगर क्षेत्र भित्र ३ वटा बडामा वातावरण मैत्रि झोला निमार्ण तालिम सञ्चालन गरेको छ । यो तालिम महिला लक्षित भएकाले महिलाहरुको फुसदैको समयको सदुपयोग समेत भएको छ । वातावरणमैत्रि झोलाको निमार्णका लागी प्रेरणा नेपाल कावासोतिको आयोजना र कावासोति नगरपालिकाको सहयोगमा पिठौलिका १० जना गरिव तथा विपन्न वर्गका महिलाहरुलाई लक्षित गरि तालिम सञ्चालन गरेको छ । यो तालिमले वातावरण मैत्रि अभियानमा महिलाहरुको सहभागीता वढाउनुको साथै महिलाहरुलाई रोजगारिको वातावरण सृजना गरेको हुदां यो तालिम निकै प्रभावकारी रहेको तालिममा सहभागी महिला विष्णु मायां मुषाल वताउंनुहुन्छ । यसरी महिला लक्षित यो ताmिमले पिठौलिका स्थानिय महिला लाई काम गर्ने थप उर्जा थपेको छ । यसरी स्थानिय स्तरमा महिलाहरुले उत्पादन गरेको झोलालाई नगरपालिका र प्रेरण नेपाल कावासोतिले सहयोगी संस्याको रुपमा सहयोग गरी बजारीकरणको ब्यवस्था मिलाई दिर्घकाल सम्म ब्यवसायिक रुपमा अगाडी बढाउन सहयोग पुर्याउने अध्यक्ष सुवेदी बताउंनुहुन्छ । समाजमा हुने हरेक गतिविधिहरुमा महिलाको ठुलो भुमीका रहेको हुन्छ ।नगरपालिकाले वातावरण मैत्रि अभियान संगै महिला शसक्तिकरणको पक्षलाई पनि संग संगै अगाडी बढाउने जुन प्रयास गरेको यसरी नै हरेक गतिविधिहरुमा महिलाहरुलाई समेट्न सकियो भने महिलाहरुको क्षेत्रमा विकासको फड्को मार्न सहज हुनेछ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!