8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

कांग्रेस कर्मचारीको संगठनमा गौतम

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाल निजामति कर्मचारी यूनियन र नेपाल निजामति कर्मचारी संघको नवलपरासी जिल्ला समितिलाई एकिकरण गरिएको छ । शुक्रबार परासीमा एक कार्यक्रमको आयोजना गरि कर्मचारीका दुई संगठन एकिकरण गरिएको घोषणा गरिएको हो । दुवै संगठन कांग्रेसको शुभेच्छु संस्था हो ।
नयाँ गठन गरिएको ‘नेपाल निजामति कर्मचारी यूनियन (संघ) ’को जिल्ला समिति १७ सदस्सिय छ । जिल्ला समितिको अध्यक्षमा यूनियनका अध्यक्ष धु्रव गौतमलाई जिम्मेवारी दिइएको छ भने संघका अध्यक्ष सुनिल लामिछानेलाई सहअध्यक्षको जिम्मेवारी दिइएको छ । जिल्लामा तीन सयबढी कांग्रेस सर्मथक कर्मचारीहरु छन् ।
सबै निजामति कर्मचारीहरुको छाता संगठनको रुपमा स्थापना हुन गईरहेको आधिकारिक ट्रेड यूनियनको निर्वाचनलाई मध्यनजर गर्दै दुई संगठनलाई एकिकरण गरिएको हो । चैत २८ गते आधिकारिक ट्रेड यूनियनको निर्वाचन हुँदैछ ।
केन्द्रमा २०७२ असार १९ मा संघ र यूनियनबीच एकिरण गरि संगठनको नाउँ नेपाल निजामति नेपाल निजामति कर्मचारी यूनियन(संघ) राखिएको थियो । नवलपरासीमा भने मधेस बन्दका हुन नसकेको समितिका सहअध्यक्ष लामिछानेले बताए । आन्तरिक विवादका कारण २०६८ सालमा कांग्रेस समर्थक कर्मचारी विभाजित भएका थिए । cropped-Logo-Hulaki.jpg

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!