8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

आयमुलक काम तर्फ आकर्षित हुदै पिठौलिका महिलाहरु

- Advertisement -
- Advertisement -spot_imgspot_img

सावित्री रेग्मी  /

मेहनत गर्ने हो भने नहुने के नै छ र गर्ने हो भने यहि माटोमा सुन फलाउन सकिन्छ । जसको उदाहरणीय काम गरेर देखाएका छन कावासोति नगरपालिका १३ पिठौलिका महिलाहरुले । त्यहांको समुदायका अधिकांश मानिसहरुको आर्थिक अवस्था कमजोर छ ।ं आम्दानिका लागी पुरुषहरुले मात्र काम गर्ने गर्दछन । गाउंका अधिकांस पुरुषहरु बैदेशीक रोजगारीका लागी विदेशीएको भए पनि राम्रो आम्दानि नहुदां घर फर्कनु पर्ने अवस्था रहेको छ भने गाउंमा नै रहेका पुरुषहरु सामान्य लेवर,खेतिपाति,लगाएतका कामहरु गरेर आफ्नो दैनिकि गुजारा गरी रहेका छन । यसरी एउटाको कमाईमा सम्पुर्ण परिवारको खर्च धान्न गाह«ो भएपछि पछिल्लो समय त्यहांका महिलाहरु आम्दानिको वाटो खोजि गर्न थालेका छन । घर भित्रको काममा मात्र सिमीत वनेका महिलाहरु पछिल्लो समय आयमुलक काममा लागेका छन । कसैले बाख्रा पालन गरेका छन भने कसैले च्याउ खेति, कसैले किराना पसल त कसैले चटपट पसल लगाएतका काम गरेर आफ्नो घरको खर्च टारीरहेका छन । आर्थिक अवस्था कमजोर भएका कारण ठुलो लागानि गर्नका लागी समस्या हुने भएकोले सानो लगानि वाट नै काम सुरु गरेको स्थानिय महिलाहरु वताउंछन । सृजना नागरीक सचेतना केन्द्र पिठौलि बाट १० हजार ऋण निकालेर बाख्रा पालन गर्दै आएकी स्थानिय विष्णुमायां भुषाल । उनले पहिले थोरै पैसाको लागी अरु संग माग्नु पर्दथ्यो भने अहिले वाख्रामा लगानि गरेपछि आवश्यक घर खर्चको लागी अरुको भर पर्नु नपरेको वताउंछिन । यसरी बाख्रा पालन गरेपछि उनको घरको आम्दानि पनि बढेको छ ।थोरै लगानि वाट पनि धेरै आम्दानि गर्ने सक्ने ब्यवसाय मध्ये वाखा्रा पालन पनि एउटा भएकोले यो ब्यवसाए रोजेको साथै यसको आम्दानिले घर खर्च चलाउन समेत निकै सहज भएको उनि वताउंछिन । यसरी नै थोरै लगानि वाट सोह गाउंमा नै रोसनि गुरुङ्ले पनि च्याउ खेति सुरु गरेकी छिन । घरको आर्थिक अवस्था कमजोर भएका कारण ३ जनाको परिवारको जिम्मा गुरुङ्कै काधमा थियो । सधै अरुको मेला पात गर्दै आएकी गुरुङ्लाई घर खर्च चलाउन निकै समस्या भएपछि च्याउ खेति सुरु गरेकि हुन । च्याउ खेति सुरु  गरेपछि उनलाई निकै सहज भएको छ । यसवाट लगानी कम र आम्दानि छिटो लिन सकिने भएकाले पनि च्याउ खेति सुरु गरेको उनि बताउंछिन ।यसरी गाउंका महिलाले आआफुले एउटा न एउटा ब्यवसाय सुरु गरेपछि पहिलेको तुलनामा महिलाहरुको आर्थिक स्तरमा धेरै सुधार आएको छ । यसरी नै महिलाहरुले आय मुलक काममा लाग्ने हो भने विदेश जान पनि नपर्ने वाख्रा पालन गर्दै आएकी भुषाल वताउंछिन । पहिले घरको काममा मात्र सिमीत वनेका महिलाहरु यसरी आय मुलक काम तर्फ आकर्षित हुनु निकै सकारात्मक पक्ष हो । खालि रहेको समयलाई पिठौलिका महिलाहरुले गरे जस्तै गरी अन्य क्षेत्रका महिलाहरुले पनि सदुपयोग गर्ने हो भने महिला शसक्तिकरणका लागी गरिएका विभिन्न किसीमका प्रयासहरु पनि प्रभावकारी हुने थिए कि ?

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!