8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

डरलाग्दो दुर्घटनामा चालक मृत्युको मुखबाट बांचे । फोटो फिचर

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती चैत्र १२ ।
नवलपरासीको कावासोतीमा रोकि राखेको ट्रकमा जिप ठक्कर खादा चालक गम्भिर घाईते भएका छन् । गएराती करीब साढे १ बजेको समयमा कावासोती २ फलफुल चोक नजिकै भएको सबारी दुर्घटनामा रुपन्देही परुवा बस्ने ३५ बर्षिय मिन बहादुर सोमै मगर घाईते भएका हुन । गम्भिर घाईते सामैको नवलपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि भरतपुर रिफर गरिएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको टाउको र खट्टामा चोट लागेको छ । लु १ च ५५९५ नम्बरको जिप, ना ५ ख १९१० नम्बरको रोकि राखेको ट्रक संग ठक्कर खाएको थियो । जगंलमा रहेको प्रतिक्षालय नजिकै ठक्कर खाएको जिप करीब डेढ सय मिटर टाढा पुगि कल्भट बनाइएको खाल्टोमा खसेको हो । जीपको पछाडीको भाग ठक्कर खाएको स्थानमै थियो भने बांकी भाग करीब डढे सय मिटर टाढा रहेको थियो । सबारी साधान भने पूर्ण रुपमा क्षेति भएको छ । जंगलमा रहेका रुखहरुलाई छल्र्दै जिप कल्भट बनाईएको खोल्सोमा खसेको थियो । नारायगढबाट बुटवल तरकारी लिएर जार्दै गरेको थियो । ठक्कर खाएको स्थानबाट निकै टाढा जिप छेदबिछेद् भएपनि चालक भने मृत्युको मुखबाट बाच्न सफल बनेका छन् ।12887288_967921003262040_28680808_o 12903860_967920963262044_2102437539_o 12874195_967920916595382_821270538_o

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!