8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

बिकट भन्दा राजमार्ग आसपासमै बढि क्षयरोगी

- Advertisement -
- Advertisement -spot_imgspot_img

अर्जुन सापकोटा, चैत्र ११/  नवलपरासी जिल्लाको पुर्व पश्चिम राजमार्ग क्षेत्रमा बढी मात्रामा क्षयरोगीहरु भेटिएका छन् । जिल्लामा रहेका ७९ वटा क्षयरोग परिक्षण केन्द्रमा रोगीहरुको खकार परिक्षण गर्दा राजमार्ग आसपासमै बढी रोगी रहेको भेटिएको जिल्ला जनस्वाथ्य कार्यालयका क्षयकुष्ठ रोग निरिक्षक बिनोदला कर्णले जानकारी दिनुभयो ।Logo Hulaki कर्णका अनुसार साउन देखि अहिले सम्म ७ सय ३१ जना क्षयरोगि भेटिएको छ । बसाईसराई बढी रहेको क्षेत्रमा क्षयरोगीहरुको संख्या बढ्दो छ । जिल्लाको दाउन्नेदेबी, सुनवल, गैडाकोट, पक्लीहवा, बर्दघाट लगाएतका क्षेत्रमा बढी क्षयरोगिहरु रहेको जनस्वाथ्य कार्यालयले जनाएको छ । गरीब तथा बिपन्न परिवारमा बढी मात्रामा क्षयरोग देखा पर्ने गरेको छ ।  गत बर्ष प्रयोगशालामा खकार जांच गर्दा १ सय ३२ जना बिरामीहरुको टिभि बल्झीएको थियो कर्णले भन्नुभयो यस बर्ष ४६ जना त्यस्ता बिरामी उपचारकै क्रममा रहेका छन् । जिल्लाका सबै गाबिस नगरपालिकामा रोगिहरु रहेका छन् । रोगीहरु मध्ये अधिकांस पुरुषहरु रहेका छन् जिल्लामा २ पुरुष मध्ये १ जना महिला क्ष्ँयरोगि फेला पर्ने गरेका छन् । पुरुषहरु बाहिरी काममा बिभिन्न ब्याक्तिहरुलाई भेट्ने हुदां उनीहरुमा बढी रोग सर्ने गरेको चिकित्सकको भनाई छ । क्षयरोगीहरुको संख्या घटाउन बिभिन्न कार्यक्रमहरु संचालन गरिएपनि रोगिहरुको संख्या घट्न सकेको छैन । यस बर्ष पनि गत बर्षकै हाराहारीमा रोगिहरुको संख्या हुन सक्ने अनुमान गरिएको छ । जिल्लाका १० वटा स्थामा निशुल्क रुपमा खकार जाच गर्ने ब्यवस्था मिलाईएको छ । क्षयरोगिहरुको संख्या घटाउन रोगिहरु देखिने बितिकै उपचार गराउन चिकित्सकले सल्लाह दिएका छन् । नियमिति रुपमा ६ महिनादेखि ८ महिना सम्म औषधी खाएमा टिभि निको हुन्छ

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!