8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

आइफोन किन्न १८ दिनकी छोरी बिक्री

- Advertisement -
- Advertisement -spot_imgspot_img

चीनमा एक व्यक्तिलाई आफ्नै १८ दिनकी छोरी बेचेको आरोपमा ३ वर्षको जेल सजाय सुनाइएको छ । अदालतले आइफोन किन्नका लागि आफ्नै छोरी बेच्ने बाबुलाई ३ वर्षको जेल सजाय सुनाइएको हो । एक चिनियाँ दम्पतीले आईफोन किन्नका लागि आफ्नी १८ दिनकी छोरीलाई ३ हजार ५ सय ३० डलरमा बेचेका थिए । चीनको सरकारी पीपुल्स डेलीको अनलाइनको एक रिपोर्टमा चीनको फूजियान प्रान्तमा एक सामाजिक सञ्जाल क्युक्युमा १८ दिनकी छोरी किन्ने मानिस फेला पारेका थिए । दुआनले उक्त पैसाले एक आइफोन र मोटरसाइकल किन्न चाहन्थे । बच्चाकी आमा जिओ मी स-सानो नोकरी गर्छिन् जबकी दुआन आफ्नो अधिकांश समय इन्टरनेटमा बिताउने गर्छन् । दुवैको उमेर मात्र १९ वर्ष रहेको छ । बच्चाका आमा-बाबुले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण बच्चा पाल्न नसक्ने भएको बताएका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!