8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नेपालमा अहिले सम्मकै ठुलो फलाम खानी नवलपरासीको धौवादीमा जियोलोजिष्टहरु बिस्तृत अध्ययनमा खटिए

- Advertisement -
- Advertisement -spot_imgspot_img

नविन पौडेल / खगराज सापकोटा /

नेपालमा अहिले सम्मकै ठुलो फलाम खानी भेटीएको भन्दै  नवलपरासीको धौवादीमा   खानी तथा भूगर्भ विभागका  जियोलोजिष्टहरु बिस्तृत अध्ययनमा खटिएका छन्  । केही वर्ष अघि कोईला खानीको अध्ययन गर्दा फलाम भेटीएपछी अहीले आएर यहां फलामखानीको विस्तृत अध्ययन गरीएको हो ।  यो क्षेत्रमा १० किलोमीटरमा फलाम खानी फैलिएको भएपनी यो वर्ष २ किलोमीटर सम्मको मात्र विभागले विस्तृत अध्ययन सुरु गरेको जियोलोजिष्ट  नारायण बास्कोटाले जानकारी दिनुभयो ।  अध्ययनका क्रममा यस क्षेत्रमा २८ प्रतिसत देखी ५८ प्रतिसत सम्म फलामको मात्रा भएको क्षेत्र फेलापरेको र थप अध्ययन भईरहेको छ ।     एक सय हेक्टर क्षेत्रफल भित्र चालु बर्षको अन्तिम सम्ममा डिटेल सर्भे सक्ने गरी काम भइरहेको छ ।  धौबादीको फलाम गुणस्तरीय रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । धौवादीमा बिभागले उत्खननका बारेमा बिस्तृत अध्ययन थालेपछि यस क्षेत्रका बासिन्दाले आफुहरुको उचित व्यवस्थापन गरेर उत्खनन् गर्नुपर्ने वताउछन् ।फलाम खानि फेला परे सगै बिकासको आशा पलाएको धैवादी गाबिस सचिब बिकास नरसिह राणले बताएका छन् भने खानि प्रसोधन भए सगै यी समस्या हट्ने उनले बताएका छन् ।  खानी तथा भूगर्भ बिभागले गरेको विस्तृत सर्भेका क्रममा त्यहाँ कम्तीमा ८० लाख मेट्रिक टन फलाम रहेको खानी रहेको भेटिएको हो । सर्भेमा खटिएका बिभागका भूभर्ग्विद् नारायण बासकोटाले जानकारी दिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!