8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

ग्यासको नाममा फलाम बिक्रि गर्ने काम भयो ः बिक्रेता नयां सिलिण्डर कम्पनीको रोजाईमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

अर्जुन सापकोटा । भारतीय नाका बन्दी पछि बजारमा अहिले पनि ग्यासको आपूर्ति सहज बन्न सकेको छैन । ग्यास बिक्रेता र उद्योगहरुले एकले अर्कोलाई कालोबजारी गरेको भनेर आरोप लगाउने गरेका छन् । ग्यास कम्पनीहरुले ग्यासको नाममा फलाम बिक्रि गर्ने गरेको गुनासो साना बिक्रेताहरुको छ । खालि सिलिण्डरलाई भन्दा नयां सिलिण्डरलाई मुख्य प्राथमिकता दिदां बिक्रेताहरु मारमा परेका छन् । नवलपरासीको सुनवलका ग्यास बिक्रेता मुक्तिराम पराजुली अहिले तनाबमा हुनुहुन्छ । महिनामा करीब १ सय ग्यास बिक्रि गर्ने उहां संग अहिले खालि सिलिण्डरहरु छन् तर ग्यास कम्पनीले नयां सिलिण्डरलाई प्राथमिकता दिदा आफु जस्तो साना ब्यबसायी मारमा परेको दुखेसो छ । जानकी र आरती कम्पनीको ग्यास बिक्री गर्ने पराजुलीले गाह्राकहरुलाई ग्यास दिन सक्नुभएको छैन । ग्यास कम्पनीको मिचांहामा हामी पर्यो साना ब्यापारीलाई भेदभाब गरेको उहांको दाबी छ । गैडाकोटका ग्यास बिक्रेता दिनानाथ अर्यालले ग्यासको नाममा फलाम बिक्रि गर्न कम्पनीले खाजेको आरोप लगाउनुभयो । नाका बन्दी पछि ग्यास कम्पनीहरु पनि कालोबजारीमा संलग्न हुने र बिक्रेतालाई ग्यास नदिने समस्या कार्यमै रहेको अर्यालको दाबी छ । लुम्बनी जानकी र राजधानि कम्पनीको ग्यास बिक्रि गर्दै आएका अर्यालले राज्य र ग्यास कम्पनीहरु गम्भिर नबन्दा बिक्रेताहरु चेपुवामा परेको बताउनुभयो । तर ग्यास कम्पनीका प्रतिनिधिहरुले भने ग्यास नै पहिला जस्तो गरी सहज रुपमा अझै आपूर्ति हुन नसकेको बताउने गरेका छन् । आरती ग्यास उद्योगका म्यानेजर युवराज श्रेष्ठले ग्यासको आपूर्ति नै कम हुदां बिक्रेताले मागे जति ग्यास दिन नसकेको भनाई छ । ४० हजार सिलिण्डर रहेको कम्पनीमा अहिले पनि करीब ५ हजार ग्यास सिलिण्डर खालि रहेको छ । मासिक रुपमा १५ बुलेट ग्यास आउनुपर्नेमा अहिले जम्मा ७ बुलेट मात्र ग्यास आएको श्रेष्ठको भनाई छ । ग्यास बिक्रेताहरुले यस पेशामा मुनाफा कम हुने भन्र्दै बिभिन्न माग राखि ११ बुंदे ज्ञापन पत्र समेत बुझाएको छ । ग्यास कम्पनीले नयां बिक्रेता खोज्ने र पुरानालाई ग्यास नदिने कारणले गर्दा पनि समस्या थपिएको बिक्रेताहरुको भनाई छ । उपभोक्ताका अनुसार बिक्रेता र ग्यास कम्पनीहरु नै कालोबजारीम संलग्न हुने गरेको आरोप लगाउने गरेका छन् । ग्यास भित्रको समस्या समाधान गर्न स्यम बिक्रेता पहिले सचिनु आवश्वक छ भने बिक्रेताहरुका समस्या समाधान गर्न सरोकारवाहरुको ध्यान केन्द्रित गर्नुपर्ने ग्यास बिक्रेता संघका केन्द्रिय अध्यक्ष ज्ञानेश्वर अर्यालको भनाई छ । यस जिल्लामा करीब ४ सय ५० वटा ग्यासको डिलरहरु रहेका छन् । जिल्लामा धेरै ग्यास कम्पनीहरु रहेपनि यस जिल्लामा अहिले सम्म पनि ग्यास सहज रुपमा प्राप्त गर्न नसकेको उपभोक्ताको गुनासो रहेको  छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!