8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

ओली साताव्यापी भ्रमणका लागि चीन प्रस्थान

- Advertisement -
- Advertisement -spot_imgspot_img

प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङ प्रस्थान गरेका छन् । भारत भ्रमणबाट फर्किएको एक महिनापछि प्रधानमन्त्री ओली साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका हुन् । चीन भ्रमण टोली झण्डै एक सय सदस्यीय छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य एजेण्डा नेपाल चीनबीच पारवहन सम्झौता हो । नेपालले अहिलेसम्म भारतसँग मात्र पारवहज सम्झौता गरेको छ । नेपालले कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकबाट सामान आयात गर्ने गरेमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विशाखापटनम बन्दरगाह पनि प्रयोग गर्न दिने सम्झौता भयो । तर, भारतले नाकाबन्दीका क्रममा तेस्रो मुलुकबाट हुने आयातसमेत अवरुद्ध पारेकाले चीनसँगको यो सम्झौता दीर्घकालीनरुपमा निकै महत्वपूर्ण हुनेछ । र, भारतसँगको निर्भरता तोडिने छ । सम्झौताका लागि दुबैतर्फको गृहकार्य पूरा भइसकेको नेपाली अधिकारीहरुले बताएका छन् ।kp-oli

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!