8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

स्वतन्त्र पत्रकार संघ नवलपरासीमा कोइराला

- Advertisement -
- Advertisement -spot_imgspot_img

अर्जुन सापकोटा, चैत्र ५ ।
स्वतन्त्र पत्रकार संघ नेपाल नवलपरासीको तदर्थ समिति गठन गरिएको छ । शुक्रबार कावासोतीमा भएको भेलाले पत्रकार सालिक राम कोइरालाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समितिको गठन गरिएको हो । संघको उपाध्यक्षमा डिएनके कुंवर, सचिबमा अर्जुन सापकोटा, सहसचिबमा सुनिता सुनार, कोषाध्यक्षमा सजनी आले रहनुभएको छ । यस्तै सदस्यहरुमा भिम रावल, रामु भुषाल, निश्चल गौडेल, आरती राना, टेक बहादुर हरिजन, भुवन अधिकारी, सुजन अधिकारी र गोबिन्द बिनोदी रहनुभएको छ । स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बस्तोलाको प्रमुख आतिथ्यतामा भएको भेलाले तदर्थ समिति गठन गर्दै चैत्र भित्र अधिबेशन गर्ने निणर्य समेत गरेको छ । यस जिल्लामा यस अगाडी पनि स्वतन्त्र पत्रकार संघ गठन भएपनि निस्कृय रहेको थियो । यो संस्था राजनीतिकको झण्डा भन्दा बाहिर र स्वतन्त्र बस्न चाहाने पत्रकारहरुको संगठन हो । यो संघको चितवन रुपन्देही लगाएतका १० जिल्लामा शाखा रहेको छ । संघको बैशाखमा केन्द्रिय महाधिबेशन हुर्दैछ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!