8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

भारतीय अतिक्रमणमा परेको नवलपरासीको सुस्ताको पीडा

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा ।

नवलपरासीको दक्षिणी भारतीय सिमानामा पर्ने सुस्ताका वासीन्दा नारायणी नदीमा पुल नहुदा जोखीमयुक्त डुङगाको यात्रा गर्न बाध्य भएका छन् । तिन तर्फ वाट नारायाणी नदी र एक तर्फ भारतले घेरेको हुदा गरिकताको सिफारीस , जन्म दर्ता  साथै वजार आउनुपरेमा पनी आधा घण्टाको डुङगाको यात्रा गर्न स्थानीय वाध्य भएका हुन् ।  हिउदँको समय डुङगा चलेपनी वर्षातको समयमा डुङगा सञ्चालन नहुदा भारतीय भुमी मार्फत नेपाल आउनुपर्दा स्थानीय समस्यामा परेका छन् ।  ।  पुल नहुदा सुस्तामा उत्पादित उखु, गंहु, मकई, धान, मसुरो लगाएतका कृषिजन्य उत्पादनहरु बजार ल्याउनका लागी नारायणी नदिमा पुल नहुदा अत्यन्तै समस्या भोगनु परेको छ ।नारायणी नदीमा पुल नहुदा सुस्तावासीहरु सुस्ताबाट त्रिवेणीमा रहेको आफनै गाविस कार्यालयमा जान नारायणी नदीमा जोखीमपुर्ण डुंङ्गाको यात्रा गरेर छिमेकी पकलिहवा गाविसमा निस्केर गाविस पुग्न करिब साडे तीन घण्टाको साईकल यात्र गरि त्रिवेणी स्थित गाविस कार्यालय जानु पर्ने अवश्था रहेको छ या अर्का तर्फ भारत विहार राज्यको भेडियारी बजार गएर त्रिवेणीको गण्डक बयारेज पुलबाट नारायणी नदी तरेर पुनः नेपाल आउनु पर्ने बाध्यता रहेको छ ।  २ सय ६३ घर धुरिमा करिब ४ हजार भन्दा वडि जनसंख्या रहेको सुस्ता जानका लागी नारायणी नदीमा पुल बनाउने मांग भई रहदा झोलुंगे पुलको निर्माणका लागी सर्वे भई सकेको भए पनि अहिले सम्म काम अघी बढन सकेको छैन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!