8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

नवलपरासीमा नेपालमा नै सवैभन्दा ठुलो फलाम खानी

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीमा नेपालमा नै सवैभन्दा  ठुलो फलाम खानी भेटीएको छ । खानी भेटीएपछी   नवलपरासीको धौवादीमा   खानी तथा भूगर्भ विभागका  जियोलोजिष्टहरु बिस्तृत अध्ययनका लागि खटिएका छन्  ।  एकै ठाउँमा २० करोड टन फलामको सम्भावना भेटेका थिए । विभागले यो खानीको विस्तृत अन्वेषण र उत्खननका लागि काम गरेको हो   । Iron_77177धौवादीबाट नेपालको वर्षौंसम्मको आवश्यकता पूर्ति हुने खानी तथा भूगर्भ बिभागले जनाएको छ ।    एक सय हेक्टर क्षेत्रफल भित्र चालु बर्षको अन्तिम सम्ममा डिटेल सर्भे सक्ने गरी काम भइरहेको खानी तथा भूगर्भ बिभागका महानिर्देशक सर्वोजितप्रसाद महत्तोले बताए । धौवादी र धौवादीकै पोखरीमा समेत  उत्खलनका बारेमा अध्ययन भइरहेको छ । जसका लागि एक हप्ता अगाडि देखि जियोलोजिष्टद्धय नारायण बाँस्कोटा र नरेश महर्जन काममा खटिएका छन् । उनीहरुले एक महिना लगाएर यहाँ काम गर्नेछन्  । धौबादीको फलाम गुणस्तरीय रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । विस्तृत अध्ययनबाट उत्खनन सम्भावना र लागतको हिसाब आएपछि आर्थिक लाभको दृष्टिले यो खानी कत्तिको लाभदायक छ भन्न सकिने महानिर्देशक महत्तोले बताए  ।सम्भावना देखिएका ठाउँहरूमा पनि कति परिमाण र कुन गुणस्तरको फलाम छ भनेर अध्ययन हुन सकेको छैन । कमसल धाउ ९पगालेको कच्चा फलाम० सिमेन्ट उत्पादन तथा भाँडाकुँडा बनाउन प्रयोग हुने कीटका रूपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधन गरिएको फलाम स्पात, स्टील, छड इत्यादि बन्छ । सिमेन्टको क्लिङ्कर उत्पादन नेपालमै शुरू भए पनि धाउका लागि भारतमै निर्भर हुनुपरेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!