8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

मध्यवर्ती क्षेत्रमा मौरी चरण गर्न ल्याउनेको ओहिरो

- Advertisement -
- Advertisement -spot_imgspot_img

अर्जुन सापकोटा ।
नवलपरासीको मध्यवर्ती क्षेत्र आसपासमा मौरी चराउन ल्याउने किसानहरु संख्या बढेको छ । अहिलेको मध्यवर्ती आसबास निकै धेरै मात्रामा मौरीका घारहरु देख्न सकिन्छ । परम्परागत घार एक ठांउबाट अर्को ठाउंमा जौलान झन्झट हुने गरेपनि आधुनिक घार भने एक स्थानबाट अर्को स्थानमा सबारी साधानमा राखि सजिलै संग लैजान सकिने हुदां बाहिरी जिल्लाबाट यहां चरणको लागि ल्याउने गरेका छन् । मौरीको लागि आवश्यक पर्ने आहारको लागि प्रस्सत मात्रामा फुलफुल बोटबिरुवाहरु आवश्यक पर्ने र त्यसको लागि मध्यवर्ती क्षेत्र उपयुक्त ठाउं भएकाले आफुले चरणको लागि नवलपुर क्षेत्रको मध्यवर्ती क्षेत्रमा ल्याउने गरेको चितवनका मौरीपालक किसान हरि बहादुर घिमिरेले बताउनुभयो । बिशेष गरी फागुन महिला शुरु भएपछि यस क्षेत्रमा मौरी ल्याउने र जेठ महिनामा लैजाने गरिएको छ । मध्यवर्तीमा शान्त बाताबरण संगै मौरीहरुको लागि राम्रो हावापनी रहेको पनि यस क्षेत्रमा मौरी चराउनको लागि ल्याउने गरेको र दैनिक रुपमा यहां मौरी ल्याउने संख्या बढ्र्दै गएको कृष्णशार मध्यवर्ती बनका अध्यक्ष  ऋर्षिकेश भट्राईले बताउनुभयो । कृष्णसारमा मात्रै करीब १२ सय भन्दा मौरीका घारहरु चरणको ल्याईएको छ । मध्यवर्ती क्षेत्रदेखि नजिक धेरै खेति योग्य जमिन रहेको र त्यहां फुल खेल्ने तोरी लगाएत अन्य खेती संगै मध्यवर्ती बनमा रहेका बिरुवा मौरीको लागि प्रमुख आहारा हुन । अन्य क्षेत्रमा भन्दा यहां चरण गराउदा बढी मात्रामा मह उत्पादन हुने र किसानहरुले बढी आम्दानी गर्ने हुंदा आफुले चरणको लागि मध्वर्ती रोज्ने गरेको किसानहरुको भनाई छ । यहां रुपन्देही, चितवन लगाएत जिल्लाका बिभिन्न स्थानबाट मौरी चरणको लागि ल्याउने गरिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!