8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

अनेरास्ववीयु सुस्ता बचाउन लागी पर्योमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती , ३० फागुन । एमाले पाटीको बिद्यार्थि सगठन अनेरास्ववीयु नवलपरासीले सुस्ता बचाउन लागी परेको छ । नवलपरासी जिल्लाको भारत सँग जोडीएको त्रिबेण्ी सुस्ता गाविसमा रहेको जमिन भारती पक्षबाट अतिक्रमण बढेको भन्दै  अनेरास्ववीयु नवलपरासीले शनिबार आफनो तेस्रो जिल्ला कमिटीको बैठक उक्त अतिक्रमण क्षेत्रमा राखी पहिलो निणर्य सुस्ता बचाउनको लागी सरकारलाई दबाब दिने गरेको छ ।सरकारले भारतीय पक्षबाट सुस्ताको अतिक्रमण बढदै जादा समेत यो क्षेत्रको बिषयमा कुरा नउठाएको भन्दै तत्काल सुस्ताको बिषयमा भारतीय पक्ष सँग छलफल गर्ने माग समेत गरेको छ । एमाले केन्दीय सदस्य एबम अनेरास्ववीयुको पुर्ब केन्द्रीय अध्यक्ष रामकुमारी झाकीको प्रमुख आथित्यता रहेको बैठकमा झाकीले बिभिन्न पाटीका नेताहरुले मन्त्रि बन्नको लागी सुस्ताको रक्षा गर्ने बचन दिने गरेको भएपनि अहिले सम्म केही नगरेको बताएकी छन् । झाक्रीले भारतको भारतीय जनता पाटीले बिहारको जनतालाई सुस्ता दिने भन्दै उचालेर चुनाब जितेको समेत आरोप लगाएकी छन् । उनले हालसम्म सुस्ता क्षेत्रका जनताले नेपालको उक्त भुमी जोगाएको भन्दै सो क्षेत्रको जनतालाई उक्त जमिनको जग्गा धनिको प्रमाण पत्र जतीसक्दो चाडो उपलब्ध गराउन जरुरी रहेको समेत बताएकीछन् ।साथै बैठकमा बोल्दै नवलपरासी क्षेत्र नम्बर ३ का सामसद् कृण पौडेलले सुस्ताबासीले आफनो अतिक्रमण भएको भुमी नाप नक्सा अनुसार पाउनु पर्ने बताएका छन् । उनका अनुसार भारतीय पक्षबाट सुस्ताको अतिक्रमण भएको भन्दै जमिन सबै नेपालकै लाई फिता गराउन आफनो पक्षबाट दबाबदिने बताएका छन् ।सुस्ता क्षेत्रको ४२ हजार  ९ सय ८० हेक्टर जमिनमा २१ हजार ९ सय ८० भारतले अतिक्रमण गरेर भएको सुस्ता बासीले बताएका छन् । साथै १४ हजार हेक्टर नेपाली भुमी भारतीय पक्ष र नेपाली पक्षबाट कस्को भने बिबादमा रहेको जानकारी दिएका छन् । हाल ७ हजार हेक्टर क्षेत्रमा नेपालीहरु खेतीकीसानि गर्ने गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!