8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

चीनले नेपाललाई भन्यो- पाइपलाइनबाट कच्चा तेल लगेर प्रशोधन गर्नुस्

- Advertisement -
- Advertisement -spot_imgspot_img

Nepal-Oil२९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा इनधन खरिद सम्झौता हुने अपेक्षा गरिएको छ ।

नेपालले कुल खपतको ३० प्रतिशत प्रशोधित इन्धन आयात तयारी गरिरहँदा चीनले कच्च तेल लगेर प्रशोधन गर्न सुझाव दिएको  छ ।

त्यसका लागि पाइपलाइन मार्फत कभ्भा तेल दिने र प्रशोधन केन्द्र निर्माणमा सघाउने चीनको प्रतिवद्धता छ । चीनबाट इन्धन खरिद सम्भावना खोज्न पटक पटक गएको नेपाली टोलीलाई चिनियाँ अधिकारीले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएका हुन् ।

चारपटकसम्म चीन पुगेका आयनल निगमका निमित्त नायब प्रवन्ध निर्देशक सुशील भट्टराईले प्रशोधित तेल आयात सम्भावना खोज्न गए पनि चीनले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएका बताए ।

कल्पना नै नगरेको प्रस्ताव चीनले गरेपछि यस विषयमा सरकारले कुनै चासो दिएको छैन । कच्च तेल ओसारेर प्रशोधन गर्न लागतका हिसबले पनि निकै महँगो पर्ने उनले जानकारी दिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!