8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीमा दुई नगरपालिका थप्न सिफारिस

- Advertisement -
- Advertisement -spot_imgspot_img

हरि शर्मा
परासी, २७ फागुन ः नवलपरासीमा दुई वटा नगरपालिका थप गर्न ६ वटा गाविसलाई सिफारिस गरिएको छ । जिल्ला विकास समितिले मन्त्रालयमा सिफारिस गरेका गाविसमा नयाँ बेलाहानी, प्रसौनी र राकाचुली गाँभेर अरुणखोला नगरपालिका छन् । त्यस्तै त्रवेणीसुस्ता, कुडिया र रुपौलिया गाविसलाई गाँभेर त्रिवेणी नगरपालिका बनाउन सिफारिस गरिएको योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीले जानकारी दिनुभयो ।
गाविसको सर्वपक्षिय भेलाको निर्णय, गाउँ परिषदबाट अनुमोदन भई प्रत्येक गाविसको सिफारिसका आधारमा नेपाल सरकारले तोकेका मापदण्ड पुरा गरेपछि नगरपालिका बनाउन सिफारिस गरिएको हो ।
त्यसैगरी जहदा, जमुनिया र दाउन्नेदेवि गाविसलाई गाँभेर अर्को नगरपालिका बनाउन माग गरिएपनि गाविसहरुबीच समन्वय नमिल्दा सिफारिस हुन नसकेको योजना अधिकृत पन्थीले बताउनुभयो । समन्वय नमिलेपछि जहदा गाविस बर्दघाट नगरपालिकामा र कुमारवर्ति गाविस कावासोती नगरपालिकामा गाँभिन खोजेको थियो तर ढिलो गरी निवदेन दिएकाले सिफारिस गर्न नसकिएको जिविसले जनाएको छ । नगरपालिकाका सिफारिसका लागि मन्त्रालयले माघ मसान्तसम्मको समय तोकेको थियो ।

त्यसरी थप गरिएका गाविस कार्यान्वयनमा आए जिल्लामा नगरपालिकाको संख्या ९ पुग्ने छ । जिल्लामा ७ नगरपालिका र ५६ गाविस छन्  । जसमध्ये  दाउन्नेपूर्व नवलपुर क्षेत्रमा ४  नगरपालिका र २४ गाविस छन् । भने र परासी क्षेत्रमा ३ नगरपालिका  र ३२ गाविस छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!