8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

आफू जिते, प्यानल जिताउन सकेनन्

- Advertisement -
- Advertisement -spot_imgspot_img

जब निर्वाचन समितिले सभापतिमा शेरबहादुर देउवालाई नयाँ सभापतिको घोषणा गर्यो त्यतिबेला कतिपयले आंकलन गरेका थिए,‘अब महामन्त्री र कोषध्यक्षमा पनि देउवा पक्ष आउन सक्छन् ।’ तर, सो अनुमान विपरित कांग्रेसको महामन्त्री र कोषाध्यक्ष पदमा रामचन्द्र पौडेल पक्षले बाजी मारेको छ ।

कोषध्यक्षमा पौडेल प्यानलकी सितादेबी यादवले झिनो मत अन्तरले विजयी हासिल गरेपनि महामन्त्रीमा भने शशांक कोइरालाले भारी मतका साथ विजयी हासिल गरे ।

सानेपास्थित कांग्रेस पार्टी कार्यलयमा मंगलबार साँझ सम्पन्न मतगणनाअनुसार महामन्त्रीमा शशांक कोइराला १४१७ मत ल्याएर विजयी भए । यस्तै निकतटम् प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीले १०१७ भोट ल्याए भने गगन थापा ५८४ भोट ल्याएर तेस्रो भए ।
कोषध्यक्षमा सितादेबीले १२१७ मत ल्याउँदा चित्रलेखा १२०९ मतमा सीमित भइन् । यस्तै उमाकान्त चौधरीले ४५७ मत ल्याए भने कृष्ण कार्कीले ६६ मत ल्याए ।

तर सभापतिको निर्वाचनमा भने देउवाले अप्रत्यासित रुपमा पौडेललाई भारी मतले हराएका थिए ।
पहिलो निर्वाचनमा ११ मतले निर्वाचित हुनबाट चुकेका उनले दोस्रो चरणको निर्वाचनमा १८२२ मतका साथ विजयी हासिल गरेका हुन् ।

– See more at: http://www.ratopati.com/news/36321/#sthash.xlpckVIM.v6lFztY2.dpuf

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!