8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

पेटबाहिरै आन्द्राभुढी भएको बच्चीको जन्म

- Advertisement -
- Advertisement -spot_imgspot_img
दाङको तुलसीपुर स्थित राप्ती अञ्चल अस्पतालमा अनौठो बच्चीको जन्म भएको छ । जुन बच्चीको आन्द्रा भुडी बाहिरै रहेको अस्पतालले जनाएको छ । तुलसीपुर १८ क्वाङ्गी निवासी दम्पत्ति उर्मिला चौधरी र सोगतविर चौधरीको पहिलो सन्तान जन्मदा आन्द्रा भूडी बाहिरै रहेको अवस्थामा जन्म भएको अस्पतालले जानकारी दिएको हो । अञ्चल अस्पतालमा सोमबार राति साढे १२ बजे बच्ची जन्मिएकी थिइन । बच्ची जन्मिए लगतै उनलाई तुलसीपुर हस्पिटलमा लगेर आइसियूमा राखि उपचार भइरहेको छ । अस्पतालका बालरोग विशषज्ञ डा. किशोर खत्रीले बच्चीको अगाडिको पेट नै नभएकोले आन्द्रा भूढी बाहिरै रहेर जन्मिएको बताए । उनले यस्तो बच्चा जन्मिनु दुर्लभ घटना भएको बताए । child2 यस्तो बच्ची जन्माउने आमाको उमेर भने जम्मा १८ वर्ष मात्रै छ भने बाबुको उमेर २१ बर्ष छ । यस्तो प्रकृतिको अप्रेसन गर्ने व्यवस्था जिल्लामा नरहेकोले बुटवल वा काठमान्डौंमा बच्चीलाई तत्काल लैजान डाक्टरले सल्लाह दिएका छन । समयमै उपचार पाएमा बच्चीको ज्यान बचाउन सकिने र ढिला गरे बच्चीको ज्यान खतरामा पर्न सक्ने औंल्याए डाक्टरको भनाइ छ । बच्चीको शल्यक्रिया गर्न एक लाख रकम लाग्ने र उक्त रकम आफुसंग नभएको कारण आफ्नी छोरीको जिवन रक्षाका लागि सबैलाई सक्दो सहयोग गरिदिन सोगतविर चौधरीले आग्रह गरेका छन ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!