8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

कांग्रेस सभापतिमा देउवा विजयी, सिटौलाको भोट देउवालाई

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई अध्याधिक मतले पराजित गर्दै देउवा निर्वाचित भएका हुन । देउवाले १८२२ मत पाएका छन् । रामचन्द्र पौडेलले १२९६ मत पाएका छन् । पौडेललाई ५२६ मतको अन्तरले हराउँदै देउवा सभापति बनेका हुन् ।

आइतबार भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि बहुमत नल्याएका कारण सोमबार फेरि निर्वाचन भएको हो । महामन्त्री कृष्णप्रसाद सिटौलाले तेस्रो मत ल्याएकाले उनी सोमबारको चुनावको प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । सिटौलाको लगभग सबै मत देउवालाई गएको देखिएको छ ।

तीन जना उम्मेदवार भएकाले पहिलो चरणमा ५० प्रतिशन नकटाए दोस्रो चरणमा दुई बढी मत ल्याउनेबीच पुनः निर्वाचन गराउने प्रावधान विधान छ । पहिलो चरणमा देउवालाई जित्नका लागि ११ मत पुगेको थिएन ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!