24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु, जन्ती बस दुर्घटना ४ जनाको मृत्यु

- Advertisement -Flowers in Chania

बर्दिया र डडेलधुरामा बस गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटना २६ जना घाइते भएका छन् । बद्रीयामा विवाहको जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य २६ जना घाइते भएका छन् ।

बर्दियाको धधवार गाविस ७ दुध्धाबाट बबइ नगरपालिका १० शाहिपुरबाट जन्ती लिएर फर्किँदै गरेको भे १ ख ८५४ नम्वरको जम्ति खोलाको पुल नजिकै पल्टिएको थियो ।

दुर्घटनामा धधवार गाविस ७ का १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु, १९ वर्षीय निरज थारु र १४ वर्षीय अरुण थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते २६ जनालाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

डडेल्धुराको मणिलेकमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मणिलेकबाट सदरमुकाम जाँदै गरेको से १ ज ७०६ नम्बरको जीप शनिबार साँझ मणिलेककै वडा नम्बर १ रडुवा भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा मणिलेक २ का ३० वर्षीय गाडी चालक सेरु भुल, मणिलेक ३ का ३४ वर्षीय छबिलाल अवस्थी र मणिलेक( १ का ३२ वर्षीय खडकराज अवस्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला पैहरी कार्यालउ डडेल्धुराले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्