8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नवलपरासीमा भुसिया कुकुरहरुलाई बन्याकरण

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीमा जिल्लामा पहिलो पटक भुसिया कुकुरहरुलाई बन्याकरण गर्ने दुईदिने शिबिर संचालन गरिएको छ । जिल्ला पशु सेवा कार्यलाय नवलपरासीको आयोजना तथा हार्ट भन्ने संस्थाको प्राविधिक सहयोग र रामग्राम नगरपलिकाको समन्वयमा यो शिबिर रामग्राम क्षेत्रमा संचालन गरिएको  छ ।     सदरमुकाम परासी सहितको आसपासका ठाउँहरुबाट भुसिया कुकुरहरुलाई समातेर ल्याई पशु कार्यालयमा रेबिज विरुद्ध खोप दिदै कुकरहरुलाई बन्याकरण गरिएको छ । आज करिब २२ वटा कुकुरहरुलाई रेबिजको खोप सहित बन्धयाकरण गरिएको बरिष्ठ पशु विकास अधिकृत शंकर शाहले जानकारी दिनु भयो । जिल्लामा भुसिया कुकुरहरुको विगविगी र  तिनीहरुको टोकाईले विभिन्न मानिसहरु घाईते र रेबिजका सिकार बन्दै गएका छन् । कुकुरहरुलाई रेबिज विरुद्धको खोप दिएपछि रेबिज रोग नसर्ने र बन्धाकरण पछि कुकुरको जनसंख्यामा कमी आउने उद्देश्यले यो नगरक्षेत्रमा शिबिर संचालन गरिएको पशु कार्यालयले जनाएको छ ।20160229_092636

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!