8.1 C
Kathmandu
Flowers in Chania

जस्तो मेहनत नतिजा तेस्तै : फुटबलर विमल

- Advertisement -

bimal 1 (1)

नेपाली राष्ट्रिय फुटबल टिम म्याच फिक्सिङ्ग र अधिक उमेरका खेलाडी खेलाउने आरोपका कारण आफना फ्यानहरु र अन्तराष्ट्रिय स्तरमा नै लोकप्रियता गुमाईरहेको बेला गत हप्तामात्र भारतको गुवाहिटीमा सम्पन्न सागमा भारत जस्तो दक्षिण एशियाको बलियो टिमलाई हराएर २३ वर्ष पछि उपाधि जित्न नेपाल सफल भएको छ । नयाँ र अनुभवीको अनुहारको वाहुल्यता भएको टिममा नेपाली प्रशिक्षक तथा राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका राजुकाजी शाक्यको अनुभवी प्रशिक्षणमा खेलेको नेपाली टिमले सफलता हात पारेको थियो । प्रतियोगितामा नवलपरासीमा जन्मिएर रुपन्देहीलाई कर्मथलो बनाएका नेपालका स्ट्राईकर बिमल घर्तीमगरको प्रदर्शन निक्कै तारिफ योग्य रहयो । उनले ब्यक्तिगत रुपमा नभएपनि टिमका लागि राम्रो योगदान दिएका थिए ।  बिमल संग प्रमोद अर्यालले गरेको कुराकानीको  सम्पादित अंश ।

नेपालले २३ वर्ष पछि जित निकालेको छ, कस्तो लागिरहेको छ ?

निकै खुसी लागेको छ । २३ वर्षपछि नेपालले पाएको सफलताले प्रतियोगितामा सहभागिता जनाएर उपाधि चुमेका खेलाडि खुसी लाग्नु त स्वभाविक नै हो त्यसमाथी अझै नेपालका फूटवलप्रेमीहरुले लामो समयदेखी फूटवलमा नेपालको सफलता हेर्न चाहेका थिए त्यो अहिले पुरा भएको छ । जितको खुसी त आफ्नो ठाँउमा छ नै त्यसमाथी पनि भारतजस्तो दक्षिण एशियाको महारथीलाई दक्षिण एशियाकै फूटवलको सवैभन्दा ठूलो प्रतियोगिताको उपाधि चुम्न पाँउदा निकै खुसी छु । जस्तो मेहनत गरेका थियौ नतिजा तेस्तै पाएका छौ ।

सागमा सहभागिता जनाउन भारत प्रस्थान गर्नुअघि च्याम्पीयन नै भइन्छ जस्तो लागेको थियो ?

हामीले सागमा सहभागिता जनाउनु अघि प्रतिष्ठीत वँगवन्धु कप जितेका थियौँ । वँगवन्धुको जितले सबै खेलाडिको मनोवल उच्च थियो । त्यसको केहि समय अघि १९ वर्ष मुनीको साफमा पनि नेपाल च्याम्पीयन भएको थियो र अहिले सागमा सहभागिता जनाउँदा अधिकाँश खेलाडिहरु यु–१९ र वँगवन्धु कप खेलेका खेलाडि भएको हुँदा पनि उपाधि कब्जा गर्न सकिन्छ भन्ने लागेको थियो र उपाधि कब्जाको लागि हामीले तयारी पनि निकै गरेका थियौँ । समग्र टिम स्पिरिट राम्रो भएको कारणले पनि जितको आशा थियो ।

गृह जिल्लामा खेलप्रमीहरुबाट स्वागत पाउदा कस्तो लागिरहेको छ ?

एकदमै खुसी र गर्व लागेको छ । म सामान्य परिवारमा गाँउले परिवेशमा जन्मेहुर्केको हुँ । मलाई फूटवल खेलमा लाग्न प्रोत्साहित गर्ने सिनियर दाइहरु, मैले खेल्दा मेरो हौसला बढाउने गाँउटोलका आमावुवा र साथीहरुबाट आज देशको लागि म लगायत टिमले गरेको योगदान वापत जसरी सम्मान दिनुभयो म निकै आभारी छु र भविष्यमा देशको नाम अन्तराष्ट्रिय जगतमा परिचित गराउन थप अभिभारा दिनुभएको छ । म सवैप्रति आभारी पनि छु ।

कस्को प्रेरणाले फुटबलमा लाग्नु भयो ?

फूटवलमा मेरो प्रेरणाको मुख्य श्रोत मेरो ड्याडी हो । ड्याडीले मैले फूटवलमा पाएको सफलता त देख्नु हुन्न वा देख्न पाउनु भएन तथापी आज यहाँसम्म पुग्नको लागि मेरो ड्याडी जो आफैमा फूटवल खेलाडि हुनुहन्थ्यो उहाँको पूर्ण समर्थन र साथले नै आज यहाँसम्म आइपुग्न सफल भएको हुँ । मेरो काकाको पूर्ण सहयोग रह्यो र अहिले पनि रहिरहेको छ । साथै मेरो ड्याडिको क्लव गोर्खा ब्वाइज बुटवलको सहयोगमा म एन्फा एकेडेमीमा तालिम लिएर यहाँसम्म आएको हुँ ।
ड्ड    नेपाली फुटबलमा नया युगको शुरुवात भएको हो त ?

अवश्य पनि । २०१६ सुरु भए लगत्तै हामीले २ ठूला उपाधि चुमेका छौ । यो युवा टोलीले नेपालको फूटवललाई माथी लैजान्छ भन्नेमा हामी खेलाडि र खेलप्रेमी अफिसियल सबै विश्वस्त हुनुहुन्छ तर विडम्बना के छ भने अव करिव २ वर्षसम्म कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिताको तालिका छैन । यसले खेलाडिको क्षमता विकास गर्नको लागि केहि समस्या त पर्न सक्छ तथापि विभिन्न लिग खेलहरुको आयोजना गर्ने र खेलाडिहरुलाइ निखार्दै लैजान सकेको खण्डमा नेपाली फूटवलले अन्तराष्ट्रिय स्तरमा पहिचान बढाउँदै लैजान्छ भन्ने कुरामा म विश्वस्त छु ।

नेपाली फुटबललाई माथि उकास्न कसले के गर्नुपर्छ ?
नेपाली फूटवलले अहिले जुन उचाइ लिएको छ यसलाई स्थिर राख्न वा अझ माथी लैजान विशेषगरी फूटवलसँग सरोकार राख्ने निकाय जस्तो अखिल नेपाल फूटवल सँघ, राष्ट्रिय खेलकुँद परिषद, ए डिभिजनका क्लवहरुले नियमित फूटवल प्रतियोगिताको आयोजना गर्ने, विभिन्न खाले तालिमहरुको ब्यवस्था गर्दै खेलाडिहरुमा निखारपन ल्याउनु आवश्यक हुन्छ । खेलाडिहरुले देशको लागि खेल्छन तर खेलाडिहरुलाई जुन सेवा सुविधा दिनुपर्ने हो देशले दिन सकिरहेको छैन त्यसतर्फ पनि ध्यान दिनु जरुरी हुन्छ ।
ड्ड    फुटबलमा आउन चाहने नया खेलाडीहरुलाई के भन्नुहुन्छ ?
म उहाँहरुलाई के भन्न चाहन्छु भने फूटवलमा भविष्य छ तर अलि सिन्सियर भएर लाग्नुपर्छ । हामीकहाँ सामान्यतः के भेटिन्छ भने एउटै खेलाडिले धेरै खेलमा सहभागिता जनाउने परिपाटी छ, तेस्तो ग¥यो भने सफल हुन गाह्रो हुन्छ, यदि तपाइ फूटवलमा क्यारियर बनाउन चाहानुहुन्छ भने फूटवलमा ध्यान दिनुस, तालिम सँगै नियमित अभ्यास गर्नुस पक्कै पनि सफल हुन सकिन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
नेपालका फूटवलप्रेमीहरुले जव हामी च्याम्पीयन बनेर काकडभित्ता बाट नेपाल प्रवेश ग¥यौँ हामीप्रति देखाउनुभएको विश्वास, माया र सम्मानको लागि आभार प्रकट गर्न चाहान्छु । तपाइहरुले फूटवललाई यसैगरी माया गर्दै जानु भो भने हामी खेलाडीको लागि यो मार्गनिर्देश हुने छ । नेपाली फूटवललाई यसैगरी माया गर्दै जानुस भन्न चाहान्छु ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्