27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 09:24

TRENDING .

नाम जस्तै काम गर्ने बुद्ध

- Advertisement -

नविन पौडेल/

४५ वर्षका बुद्ध सुनार ९विश्व आत्रेय ० यतिवेला स्थानीय जातका गाईको संरक्षणमा जुटेका छन् । जर्सी जातको गाई तर्फ किसान आकर्षित भएपछी गोठमा वाधेँका ९काठे० गाई किसानले फुकालेर छाडां छोडीदिए । यसरी गाई वेवारीसे भएको देखेपछी सुनारको मनमा यिनिहरुको संरक्षण गर्ने सोचं पलायो । हिन्दु धर्ममा लक्ष्मी मान्ने गाईको सेवामा नै जिवन विताउने सुनारको काममा अहीले सहयोगी हात समेत वढ्न थालेको छ । स्थानीय जातको गाई लोप हुन लागेको भन्दै नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा स्थानीय जातको गाई संरक्षणमा लागेका हुन् । कावासोतीमा रहेको विश्वकर्मा मन्दिरको हातामा विश्व माता गौशालामा अहीले ३८ वटा गाई छन् । गाई घरमा उन्नत जातको गाई पाल्न थालिएपछि स्थानीय जातको गाईको हेला हुन थालेको र सडक, चोक, गल्ली गल्लीमा हेला गरेर गाईलाई छाड्ने गरिएपछि यसलाई संरक्षण थालिएको हो । P1090322वि।सं। २०६६ देखि गौशाला निर्माण गरी यहां स्थानीय जातको गाईको संरक्षणमा लागेको सुनारले बताउनुभयो ।स्थानीय जातको गाई वातावरणीय संरक्षणमा महत्वपूर्ण हुने भएकोले पनि यसको संरक्षणमा लागिएको सुनारको भनाई छ । नवलपरासीमा पछिल्लो पटक दुधको उत्पादनका लागि उन्नत जातको गाईहरु पालन गर्ने र नेपालको स्थानीय जातको गाई पालन गर्न छाडेका कारण स्थानीय जातको संरक्षण शुरु गरिएको हो । हिन्दु धर्म अनुसार गाईलाई गौमाता र लक्ष्मी देवीको रुपमा पुजा गरिनुका साथै स्थानीय जातको गाईको गोबर, गहुत औषधिको रुपमा काम गर्ने भएकाले अहीले औषधिकोरुपमा समेत गहुतको प्रयोग वढाउन लागिएको छ । यहां स्थानीय बासिन्दाहरुले गरेको आर्थिक सहयोग, धार्मिक दान आदिबाट गौशाला सञ्चालनमा आएको छ । यहां स्थानीय जातको गाईको गहुतबाट औषधि समेत उत्पादन गरिएको छ । दिउंसो सामुदायिक वनको जंगलमा चराउने र सांझ विहान पराल, कुडो पानी दिएर गाई पालन गरिएको छ । सोका लागि स्थानीय लेखनाथ वस्याल लगाएत अन्य सहयोगी हातहरुले सहयोग गर्दै आईरहेका छन् । गाईका लागि चरनको व्यवस्था नहुदा अहीले पाल्न समस्या भएको छ । सुरुसुरुमा स्थानीय सामुदायिक वनको चौरमा दिनभर चराउदा गाईका लागि आवश्यक आहारा जुटाउन समस्या नभएपनी अहीले वनले गाई चराउन रोक लगाएपछी समस्या भएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्