27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:35

TRENDING .

चम्लाए बच्चाको उपचारका लागि याचना

- Advertisement -

हरि शर्मा
परासी,१५ फागुन ः चम्लाए बच्चा जन्मिए पछि अस्पतालमा बसेर उपचार गराई रहेका बाबुले आफ्ना बच्चाहरुको औषधि उपचारमा समस्या भएको भन्दै सहयोगको याचना गरेका छन् ।
गत पुस ३० गते पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रवासमा चम्लाए बच्चा जन्मिएपछि उपचारमै अस्पतालमा रहेका बाबु जनक कुँवरले पछिल्लो पटक कान्छा छोराको आँखामा समस्या भएको भन्दै सहयोगको याचना गरेका हुन । गुल्मी जैंसी थोक गाविस–२ घर भएका कुँवरकी २६ वर्षिय श्रीमति गिताको कोखबाट २ छोरा र २ छोरीको जन्म भएको थियो । बच्चा जन्मिएदेखि नै लुम्बिनी मेडिकल कलेजमा उपचारार्थ रहेका बच्चाहरुमध्ये कान्छो छोराको आँखाको नानी भित्र पिप जमेको चिकित्सकहरुले बताएका छन् । अहिले उनीहरु चारवटै छोरा लिएर भैरहवास्थित रण अम्बिका आँखा अस्पतालमा उपचारका लागि पुगेका छन् । कुँवर दम्पतिले अस्पतालको शैयाबाट पत्रकारहरु मार्फत आर्थिक अभावका कारण उपचारमा समस्या देखिएकाले सहयोगी दाताहरु मार्फत् सहयोग जुटाई दिन आग्रह गरेका हुन ।
आँखा अस्पतालले छिट्टै नै काठमाण्डौंस्थित टिचिङ्ग अस्पतालमा पु¥याएर बच्चाको आँखाको अप्रेसन गर्न रिफर गरेका छन् । तर पैसा नभएर जान नसकेको उनीहरुको गुनासो छ । ‘ एउटा बच्चालाई मात्र लगेर भएन, चारै जनालाई लिएर जाँदा समस्या छ ।’ कुँवरले भने, ‘भएको रकम सबै सकियो कसरी अस्पताल लैजाने ? ’ उनले आफ्नो मोबाईल ९८४७८९८४१४ मा सम्पर्क गरेर सहयोग रकम जुटाई दिन आग्रह गरेका छन् ।  b 1
चिकित्सको सल्लाह अनुसार सुत्केरीदेखि अस्पतालमा रहेका कुँवर दम्पतिले अहिलेसम्म विभिन्न दाताहरुले सहयोग गरेको साढे दुईलाखसहित ७ लाख रुपैयाँ खर्च भईसकेको बताएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण एक वर्ष अघि मलेसियामा वैदेशिक रोजगारमा पुगेका कुँवरले विदेशमा  राम्रो कमाई नभएकाले घर फर्केको बताएका छन्  ।
बच्चा जन्मिदा दुई जनाको १ के.जी. ७ सय ग्राम, र अन्य दुई जनाको क्रमश ः १ के.जी. ५ सय १ के.जी. ७ सय ग्राम तौल रहेको थियो । स्वस्थ अवस्थामै रहेका अन्य बच्चाहरु मध्ये अहिले दुई जनाको ३ के.जी. र १ जनाको २ के.जी. छ भने बिरामीको १ के.जी. ३ सय ग्राम तौल रहेको कुँवरले बताए ।
उनको २०६९ सालमा प्युठानमा विवाह भएको थियो । यस अघि २०७० सालमा पनि कँवर दम्पतिका  जुम्ल्या बच्चा भएका थिए । तर उनीहरुको केही दिनमै मृत्यु भएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्