27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 02:43

TRENDING .

नवलपरासीमा कांग्रेस नेताबीच द्धन्द्ध÷ केन्द्रीय सदस्यमा टिकट नदिन काठमाण्डौंमा दौडधुप

- Advertisement -

हरि शर्मा
परासी,१५ फागुन ः कांग्रेसको महाधिवेशनका लागी नवलपरासीबाट चुनिएका प्रतिनिधिमा संस्थापनका बढी छन् । यद्यपी जिल्ला सभापतिमा भने संस्थापनकै आधिकारीक उम्मेदवार हारेपछि सबै भोट संस्थापनमा जानेमा भने कार्यकर्ताहरु विश्वस्त छैनन् । जिल्लाबाट ७२ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । जसमा देउवाभन्दा संस्थापनका ८ प्रतिनिधिबढी छन् ।Congress-flagजिल्ला अधिवेशन पछि संस्थापनका जिल्ला स्तरका नेताहरुबीच आन्तरिक द्धन्द्ध बढेको छ ।     देउवाको समर्थनमा उठेका विष्णु लामिछानेले सभापतिमा जिते पछि जिल्लाका संस्थापन पक्षका नेताहरुबिचको आन्तरिक द्धन्द्ध झन् बढेको हो ।  सभापति पदका उम्मेदवार एंव पूर्वसभासद् महेन्द्रध्वज जिसीलाई हराउन संस्थापनकै केन्द्रीय सदस्य एवम् क्षेत्र नं. १ का सभासद शशांक कोईराला र अर्का केन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीले लामिछानेलाई देउवाको समर्थनमा उठाउन लगाएको आरोप लागेको छ । जसले गर्दा संस्थापनबाट   केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीका साथ काठमाण्डौं पुगेका कृष्णचन्द्र र महेन्द्रध्वज जिसी एक अर्कालाई टिकट दिनबाट रोक्ने कसरतमा लागेका छन् । उनीहरु दुबै जना सके टिकट नै रोक्ने नसके चुनाव हराउने खेलमा लागि परेको कांग्रेस कार्यकर्ताले जनाएका छन् । कार्यकर्ताहरुका अनुसार संस्थापनका नेताहरुको आपसी द्धन्द्धका कारण अधिकाशं मत देउवा तिर जाने संभावना देखिएको एक नेताले बताए ।एक जिल्ला नेताका अनुसार जिल्ला सभापतिमा चुनाव हारेका जिसीले कृष्णचन्द्रलाई कुनै पनि हालतमा केन्द्रीय सदस्यमा आउन नदिने प्रयासमा छन् । कृष्णचन्द्र पनि जिसीलाई केन्द्रीय सदस्यमा आउन नदिने कसरतमा छन् । यद्यपी रामचन्द्र पौडेलका नजिक मानिने जिसी र शंशाकको नजिक मानिने कृष्णचन्द्र दुबैले टिकट पाउने संभावना भने प्रवल देखिएको कांगेस कार्यकर्ताहरुले बताएका छन् ।
उता संस्थापनबाट दुई जनाको नाम केन्द्रीय सदस्यमा चर्चामा रहेपनि देउवा पक्षबाट भने निर्वतमान जिल्ला सभापति देबेन्द्रराज कण्डेलको नाम आएको छ । कण्डेल खुमबहादुर खड्का निकट मानिन्छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्