27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 03:26

TRENDING .

वन डडेलो सचेतिकरण तालिम सम्पन्न

- Advertisement -

कावासोती, १४ फागुन । स्थानीय श्रोत व्यक्तिका लागि वन डडेलो सचेतिकरण तालिम नवलपरासीको कावासोतीमा सम्पन्न भएको छ । युएसएडको आर्थिक सहयोगमा हरियो वन कार्यक्रम, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, राष्ट्रिय सचिवालय  र  नवलपरासी जिल्ला मार्फत बुधबारवाट शुरु भएको तालिम शुक्रवार सम्पन्न भएको हो ।

नवलपरासी सहित विभिन्न ११ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको तालिममा वन डडेलो, यस्को नकारात्मक प्रभाव यसको रोकथामका लागि वन डडेलो लाग्नु पूर्व अपनाउनु पर्ने रणनिति, वन डडेलो लागि सकेपछि चाल्नुपर्ने कदम बारे प्रशिक्षण प्रदान गरिएको थियो । तालिममो अन्तीम दिन शुक्रवार सहभागीहरुलाई फिल्ड प्रशिक्षण समेत प्रदान गरिएको छ ।

वन संरक्षणमा मुख्य चुनैतिको रुपमा रहेको वन डडेलो नियन्त्रणका लागि प्रत्येक जिल्लामा स्थानीय श्रोत व्यक्ति उत्पादन गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको आयोजक वताएको छ । गर्मी तथा सुख्खायाम शुरु भएसंगै वन क्षेत्रमा हुने वन डडेलो नियन्त्रणका लागि प्रशिक्षित स्थानीय श्रोत व्यक्तिले आफ्नो जिल्लामा वन डडेलो नियन्त्रण सम्वन्धी सचेतिकरण कार्यक्रमहरु सञ्चालन गर्ने सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ नवलपरासीका अध्यक्ष ठाकुर प्रसाद पाण्डेले बताए ।

तिन दिन सम्म सञ्चालन भएको तालिममा प्रशिक्षकहरु केदार बर्तौला र बुद्धि प्रसाद पौडेलले वन डडेलो नियन्त्रण सम्वन्धी प्रशिक्षण प्रदान गरेका थिए । तालिमको शुक्रवार एक कार्यक्रमका विच समापन गरिएको हो । तालिम समापन कार्यक्रममा जिल्ला महासंघ नवलपरासीका अध्यक्ष ठाकुर प्रसाद पाण्डेको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका हरियो वन कार्यक्रम टिम लिडर सुबासचन्द्र देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्