27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 03:14

TRENDING .

कालिकोटमा काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटना

- Advertisement -

१४ फागुन, काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको छ ।

विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो । विमानमा ११ जना थिए । विमानमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना थिए ।

यस्तै मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री यात्रु थिए ।

उनीहरु मध्ये जगदम्बाको साथमा बच्चा पनि रहेको खुलेको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यातले जानकारी दिए ।kastamandap-air

विमान निकै असहज रुपमा उडेको थियो । आकासमा कहिले यता कहिले उता गर्दै हल्लिएकाले के भएछ भन्ने लाग्यो । हेर्दा हेर्दै विमान समथर ठाउँमा गएर दुर्घटना भयो ।

विमानको अगाडिको भाग भूईँमा जोतिएको छ र क्षतिग्रस्त भएको छ । हामी दौडिएर पुग्यौ उद्धार गर्‍यौं । घाइतेहरुलाई विमानबाट निकाल्यौं । स्थानीय स्वाथ्यकर्मीले सामान्य उपचार गरेका छन् ।

दुई जनाको मृत्यु भएको जस्तो लाग्छ । तर, स्वास्थ्यकर्मीले घोषणा गरेका छैनन् र अहिले प्रहरी पनि पुगेको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुलाई तत्काल उद्दारको आवश्यकता छ । तर, नजिकै सडक छैन । एक डेढ घन्टाको बाटो हिड्नुपर्छ । हेलिकोप्टरबाट समयमै उद्दार भयो भने बचाउन सकिन्छ प्रतक्ष दर्शीले भने  ।

हामीले हेर्दा पाइलटले विमानलाई सहज रुपमा अवतरण गर्ने प्रयास गरेको देखिन्छ । यदि त्यो खेतमा नभएर पहाडतिर ठोक्किएको भए ठूलो मानवीय क्षति हुनसक्थ्यो । तर, समथर ठाउँमा भएकाले धेरै बाँचेका छन् । अब उनीहरुलाई तत्काल अस्पताल पुर्‍याउन जरुरी छ .

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्