27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:02

TRENDING .

सुल्झेन उखु किसानको व्यथा, उखु उत्पादन घट्यो

- Advertisement -
रामकुमार श्रेष्ठ |

नवलपरासी । गत बर्षको तुलनामा नवलपरासीमा उखु उत्पादन आधा घटेको छ । उखु उत्पादक कृषक संघर्ष समिति नवलपरासीका अध्यक्ष उमेश यादवका अनुसार गत बर्ष २३ लाख क्विन्टल उखु उत्पादन भएको नवलपरासीमा यस बर्ष १४ लाख क्विन्टल मात्र उखु उत्पादन भएको छ ।

किसानहरुले बेलैमा भुक्तानी नपाएका कारण उखु खेतीमा किसानले लगानी गर्न नसकेको र उखु खेती गर्ने किसान अन्य खेतीतर्फ आकर्षित भएकोले उखु उत्पादन घटेको यादवले बताए ।

उखु किसानका आन्दोलनका अगुवा मानिने प्रेमचन्द गुप्ताका अनुसार नवलपरासीमा सबैभन्दा धेरै उखु उत्पादन हुंदा २०५९ सालमा ४२ लाख क्विन्टल उखु उत्पादन भएको थियो । गत बर्षसम्ममा त्यो घट्दै २३ लाख अर्थात आधा आधीमा घटेको थियो भने यो बर्ष गत बर्षको तुलनामा झण्डै ४० प्रतिशत उत्पादन घटेर १४ लाख क्विन्टल मात्र उखु उत्पादन भएको छ ।

नवलपरासीमा लुम्बिनी चिनी कारखाना, इन्द्रा खाडसारी मिल र बागमति खाडसारी मिल गरेर तीन वटा मिल सञ्चालनमा रहेको छ । तीन वटा मिललाई कम्तिमा पनि २५ देखि ३० लाख क्विन्टल उखु आवश्यक पर्दछ । यस बर्ष उखु उत्पादनमा पनि कमि आएकोले चिनी उत्पादनमा पनि कमि आउने भएको छ ।
यादवका अनुसार नेपाल भर नै यस बर्ष करिब ३० प्रतिशत उखु उत्पादनमा कमी आएको छ । यादवले यस बर्ष पनि चिनी मिलले बेलैमा भुक्तानी दिन आनकानी गरे आगामी बर्ष उखु उत्पादन घटेर १० लाख क्विन्टलमा झर्ने बताए ।

गत बर्ष नवलपरासमिा साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएपनि यस बर्ष घटेर जम्मा ५ हजार हेक्टर क्षेत्रफलमा मात्रै उखु खेती भएको छ ।
नवलपरासीका उखु किसानहरुको समस्या सधै एउटै हुने गरेको छ । उत्पादन हुने बेला भएपछि उखुको उचित भाउ आउला कि नआउंला? विक्री गरेपछि कहिले भुक्तानी पाउने? बेलामा चिनी मिल नचलेर सस्तो क्रसर (भेली) उद्योगलाई बेच्नु पर्ने हो कि? चिनी मिलमा दिए बेलैमा भुक्तानी नपाइने भएर नगद पाउनका लागि दलालीलाई सस्तोमा पो दिने कि ? यो समस्या नवलपरासीका उखु किसानहरुले बर्षेनी व्यहोर्ने समस्या हो ।

नवलपरासीका उखु किसानहरुले पनि यो बर्ष यस्तै समस्या बेहोर्नु पर्यो । सरकारले ढिलो गरी उखु मूल्य निर्धारण गरेपछि त्यसै मारमा परेका नवलपरासीका उखु किसानहरुले यस बर्ष पनि बेलैमा उखुको मूल्य भुक्तानी नपाएर समस्यामा परेका छन् ।

उखु किसान प्रेमचन्द्र गुप्ताका अनुसार यस बर्ष पनि उखु किसानहरुले सोझै चिनी मिललाई उखु खरिद नगरी चांडो नगद पाउंने लोभमा चिनी मिलका दलालीहरुलाई प्रतिक्विन्टल ३ सय ५० देखि ४ सय १५ रुपैयांमा विक्री गरेको छ ।

जबकी यस बर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ४ सय ४८ रुपैयां निर्धारण गरेको छ । गत बर्ष भने सरकारले प्रतिक्विन्टल ४ सय ६१ रुपैयां उखुको मूल्य निर्धारण गरेको थियो ।
किसानहरुले मिलमा लगेर वा कांटा गर्ने ठाउंमा लगेर सोझै विक्री गर्दा उखु विक्री गरेको डेढ दुई महिना पछि मात्र उखुको मूल्य भुक्तानी गर्ने गरेको उखु किसानहरुले बताए ।

मंसिरमा उखु क्रसिंड्ड शुरु हुनु पर्नेमा यस बर्ष पनि सरकारले उखुको मूल्य निर्धारण गर्न ढिलाई गर्दा पुसको दोस्रो साताबाट मात्र उखु क्रसिंड्ड शुरु भएको थियो ।sugar
यस बर्ष पनि ढिलो क्रसिंड्ड हुंदा कतिपय किसानहरुले सस्तोमा भेली उद्योगलाई उखु दिएको अर्का किसान आनन्द थापाले बताए ।

किन घट्यो उखुको उत्पादन
समयमै उखुको भुक्तानी पाउन नसकेपछि किसानहरु उखु खेतीबाट आजित भएका छन् । उखुको मूल्यको भुक्तानी पाउनकै लागि बर्षे नि आन्दोलन गर्नु पर्ने र बेलैमा मूल्य नपाउने गरेको कारण उखु उत्पादन घटेको हो ।

नवलपरासीका उखु किसानले उखु खेती छाडेर सुर्ती, केरा लगायतका खेती गर्न थालेका छन् भने धान मकै गहुं खेतीतर्फ पनि किसान लागेका छन्। जसले गर्दा एकातिर उखु खेती गर्ने जमिन घटेको छ भने अर्को तिर उत्पादन पनि घटेको छ। समयमै रकम नपाउंदा खेती लगाउने बेलामा मल किन्न नसक्नु बेलैमा गोडमेल गर्न नसक्नु पर्ने उत्पादन घट्नुको प्रमुख कारक हो।

समयमै भुक्तान पाएनन्
अघिल्लो बर्षहरुमा जस्तै यस बर्ष पनि नवलपरासीका उखु किसानहरुले उखुको मूल्य बेलैमा भुक्तान पाउन सकेका छैनन । उखु किसान रविन्द्र गुप्ताका अनुसार उखु किसानहरुले उखु विक्री गरेको डेढदेखि दुई महिना पछि मात्र उखु भुक्तानी पाउने गरेको छ ।
उखु उत्पादक कृषक संघर्ष समिति नवलपरासीका अध्यक्ष उमेश यादवले उखु कांटा गरेको २५ दिन भित्र भुक्तानी गर्ने सहमति भए पनि कार्यान्वन नभएको र दुई अढाई महिना पछि मात्र भुक्तानी दिने गरेको बताए ।

बेलैमा उखुको मूल्य भुक्तान नपाउंदा किसानहरुले ऋण तिर्नदेखि लिएर उखु खेती लगाउंदा, विउविजन, मल खरिदमा समस्या हुने गरेको छ ।
नवलपरासीमा उत्पादित उखु केही दिन भित्र सकिदै छ अथार्त अबको १० दिनमा उखु क्रसिंड्ड सकिने छ जसले गर्दा गत बर्षजस्तै यस बर्ष पनि उखु किसानहरुले भुक्तानी पाउनकै लागि आन्दोलन गर्नु पर्नेदेखिन्छ ।
अध्यक्ष यादवले उखु क्रसिड्ड सकिएर पनि उखुको मूल्य भुक्तानी नभए चिनी निकासी रोकेर आन्दोलन गर्ने बताए ।

अवैध भित्रियो भारतीय उखु

नवलपरासीमा सञ्चालित चिनी मिलहरुले भारतबाट अवैध रुपमा उखु भित्र्याउने गरेको छ । भन्सार समेत छलेर उनीहरुले उखु भित्र्याउने गरेको हो। जसका लागि नेपाल भारत सिमा क्षेत्रको भुजहवा, धमौली, बलिनगर लगायतका स्थानमा अवैध रुपमा धर्मकाटा राखिएको अध्यक्ष यादवले बताए।
भारतमा उखुको मूल्य प्रतिक्विन्टल ३ सय २० नेपाली रुपैयां रहेकोले चिनी मिल सञ्चालकहरुले भारतबाट समेत उखु ल्याउने गरेको बताए। यादवले नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई यस विषयमा पटक पटक जानकारी गराउंदा पनि कुनै वास्ता नगरेको बताए ।

गतबर्षकै अनुदान रकम पाएनन
नवलपरासीका उखु किसानहरुले सरकारले दिने भनेको गत बर्षको अनुदान रकम पाएको छैन । सरकारले गत बर्ष निर्धारण गरेको उखुको प्रतिक्विन्टल ४ सय ६१ रुपैयां उखुको मूल्य मध्ये सरकारले प्रतिक्विन्टल २५ रुपैयां किसानलाई अनुदान दिने जनाएको थियो ।

किसानहरुले झण्डै ७ करोड रुपैयां अनुदान रकम पाउन बांकी रहेको छ । उक्त रकम नवलपरासीको जिल्ला प्रशासन कार्यालय मार्फत प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिमार्फत आउने व्यवस्था गरेपनि अझै नआएको उखु उत्पादन कृषक संघर्ष समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्