27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 05:57

TRENDING .

अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजमेण्टको चरम लापरवाही , ३७ विद्यार्थीको भविष्य अन्यौलमा

- Advertisement -

नवलपरासीको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजमेण्ट ले बिश्वबिद्यालयसंग सम्बन्धन स्विकृती नलिई बिई कम्प्युटर ईन्जिनियरिङ्गमा बिद्यार्थी भर्ना गरेको खुलासा भएको छ । कलेजको लापरवाहीका कारण ३७ जना बिद्यार्थीको भविष्य अन्योल बनेको छ ।
पोखरा बिश्वबिद्यालय संग सम्बन्धन रहेको सो कलेजले बिई अध्यापन गराउन बिश्वबिद्यालय संग स्विकृती नलिएको बिश्वबिद्यालयले जनाएको छ । पोखरा बिश्वबिद्यालयले एक राष्टीय  दैंनिकमा सुचनानैं प्रकाशित गरि भर्ना भएका बिद्यार्थीहरुको रजिष्टेशन गर्न नसकिने जनाएको छ । बिद्यार्थीहरुको भविष्य या आर्थिक पक्षका बिषयमा कलेजनैं जिम्मेवार हुनुपर्ने बिश्वबिद्यालयले निकालेको सुचनामा उल्लेख छ । बिश्वबिद्यालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख हरिबहादुर खड्काले कलेजले सम्बन्धन स्विकृत नलिई बिद्यार्थी भर्ना गरेको पुष्टी गर्नुभयो । बिश्वबिद्यालयमा प्रक्रिया नपुर्याई बिद्यार्थी भर्ना गर्नु गैंरकानुनी कार्य भएको उहाको भनाई छ । उहाले कलेज प्रशाशन संग बिद्यार्थी भर्ना भएको बिषयमा विस्तृत विवरण माग गरिएको बताउनुभयो । भर्ना भएका बिद्यार्थीहरुको भविष्य के हुन्छ भन्दा त्यस बिषयमा कलेज जिम्मेवार बन्नुपर्ने उहाको भनाई थियो । बिश्वबिद्यालयले यस्तो गैरकानुनी कार्य नगर्न कलेजलाई सचेत गराउदैं अटेर गरे कारवाही हुने चेतावनी समेत दिएको छ ।

oxford-300x300
नेपाल बिद्यार्थी संघले बिद्यार्थीहरुको भविष्यमाथी खेलबाड गरेको भन्दैं फागुन १८ गते सम्म कलेज बन्द गरेको छ । सम्बन्धित बिश्वबिद्यालयबाट स्विकृतिनैं नलिई बिद्यार्थी भर्ना गरिनु सरासर गलत काम भएको नेविसंघ केन्द्रीय सदस्य गोकुल सापकोटा ले बताउनुभयो  । उहाले बिद्यार्थीहरुको भविष्यका बिषयमा कलेज प्रशाशन गम्भिर नवने आन्दोलनमा उत्रने चेतावनी  दिनुभयो  ।  सापकोटाले कलेजले ३७ जना बिद्यार्थीबाट गैंरकानुनी ढगंले भर्ना शुल्क भन्दैं पैंसा लिएको दावी गर्नुभयो ।
अक्सफोर्ड कलेजका सहायक प्रिन्सिपल तिलक पन्थीले सम्बन्धन स्विकृती नलिदैं बिद्यार्थी भर्ना लिएको स्विकार गर्नुभयो । उहाले बिश्वबिद्यालयका पदाधिकारीले सम्बन्धनको आश्वासन दिएका कारण आफुहरुले बिद्यार्थी भर्ना लिएको बताउनुभयो । पोखरा बिश्वबिद्यालयमा पटक पटक पदाधिकारी परिवर्तन भईरहेका कारणले पनि स्विकृती पाउन अप्ठेरो परेको बताउनुभयो । उहाले बिद्यार्थीहरुको भविष्यका बारेमा आफुहरु चिन्तित भएको भन्दैं कुनैंपनि हालतमा उनिहरुको रजिष्टेशन गराउने बताउनुभयो । त्याहाबाट नभएपनि अर्को कुनैं ठाउबाट रजिष्टेशन गराएर भएपनि बिद्यार्थीको भविष्य सुरक्षीत बनाउने पन्थीको भनाई थियो ।ति बिद्द्यार्थीहरुको रजिस्ट्रेशन यहि फागुन २३ गते सम्म मात्र गर्ने म्याद छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्