24.1 C
Kathmandu
Thursday, March 28, 2024
Flowers in Chania

संघिय संरचना अनुसार पार्टीलाई संस्थागत गर्दै अगाडी बढ्ने : महरा

- Advertisement -Flowers in Chania

एकिकृत नेकपा माओबादीले संघिय संरचना अनुसार पार्टीलाई संस्थागत गर्दै अगाडी बढ्न थालेको छ । संबिधानमा नवलपरासी जिल्लाको नवलपुर क्षेत्र ४ नम्बर प्रदेशमा समाबेस भए संगै नवलपुर क्षेत्रलाई छुट्र्टै जिल्ला मान्र्दै नवलपुर क्षेत्रमा जिल्ला कार्यालय संचालनमा ल्याएको छ । अन्य पार्टीले संघियता अनुसार पार्टीको संगठन बिस्तार गर्न तर्फ ध्यान नदिएपनि एकिकृत माओबादीले भने संघियता अनुसार पार्टी पक्तिलाई बिस्तार गर्ने कार्य शुरुवात गरेको छ । 10269526_760253164109656_2398882076444675206_nयसैबीच बिहिबार नवलपुर क्षेत्रको पार्टी कार्यालयको समुद्घाट गरिएको छ । कावासोतीमा रहेको नलवपुर जिल्लाको कार्यालयको एकिकृत नेकपा माओबादीका महासचिब कृष्ण बहादुर महराले समुद्घाटन गर्नुभएको हो । अहिले यस जिल्लाको कार्यालयलाई केन्द्रदेखि नै परिचालन गरिने बताईएको छ । कार्यालयमा ३ वटा कोठा सहित एउटा हल भाडामा ल्याईएको नवलपुर क्षेत्र संयोजक धन प्रसाद सापकोटाले जानकारी दिनुभयो । भवनको समुद्घाटन गर्दै छिटै संघिय आयोग बनाई यस नवलपुर क्षेत्रमा सम्पुर्ण कार्यालय निमार्ण हुने र सोही अनुसार कर्मचारीको बिभाजन हुने भन्र्दै सोही अनुसार नवलपुर कार्यालय संग समन्य गर्न आग्रह गर्नुभयो । पार्टी कार्यालय समुद्घाटन कार्यक्रममा पार्टीका आबद्ध बिभिन्न संघ संस्थाका प्रतिनिधि, बिभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकार्यका प्रमुख, एकिकृत माओबादीमा आबद्ध कार्यकर्ताको उपस्थिति रहेको थियो । यसैबीच कार्यालय समुद्घाटन पछि माओबादीले कावासोतीको खानेपानी हलमा पार्टी प्रशिक्षण कार्यक्रम समेत आयोजना गरेको थियो । पार्टी प्रशिक्षण कार्यक्रममा एमाओबादीका महासचिब महरा लगाएतका अन्य नेताहरुलाई पार्टीको पछिल्लो र भाबि रणनितिबारे जानकारी गराएका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्