27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 07:15

TRENDING .

सुनवलमा बाल शक्ति

- Advertisement -

कुमार यात्रु
नेपालकै पहिलो बालमैत्री स्थानीय शासन घोषित सुनवल नगरपालिकाका स्थानीय बालबालिकाहरु शासकीय प्रक्रियाका प्रमूख साझेदार र निर्णय प्रक्रियाका प्रमूख अंशियार बन्न सफल भएका छन् । ‘सुनवलका बालबालिकालाई जिल्लामा कति बजेट आउँछ र चालु आर्थिक बर्षमा कहाँ कति खर्च हुँदैछ भन्ने बिषयमा पुरै जानकारी छ ।’ नवलपरासी जिल्लाका स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले भने–‘जिल्ला बाल क्लबमा रहेकी सुनवलकी विपना (विपना शर्मा) लाई तपाई सोध्नु होस्, उनले जिल्ला विकासको योजना कन्ठै पारेर बसेकी छिन् ।’
त्यसो त सुनवल बाल क्लब जिल्ला सञ्जालकी विपनालाई मात्र होइन, बर्तमान नगर सञ्जालकी अध्यक्ष बर्षा गैरे, वडास्तरीय बाल सञ्जालका किरण तामाङ, कुमार पराजुली, स्विटी दर्जी र इरफान खान लगायतका बालबालिकालाई स्थानीय निकायहरुको योजना, बजेट र खर्च गर्ने प्रक्रियाका बारे पुरै जानकारी छ । नगर वाल सञ्जालकी अध्यक्ष बर्षाका अनुसार सुनवलको सबै निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता हुन थाले पछि उनीहरुले शासकीय प्रक्रियामा जानकारी हुन थालेको हो । yatru photo 2
‘सुनवलको सबै टोल र बिद्यालयमा बाल क्लब रहेका छन् ती बाल क्लबको माध्यमबाट बालबालिकामा सूचना तथा जानकारी पुगेको हो ।’ नगर वाल क्लबकी अध्यक्ष गैरेले भनिन्–‘नगरपालिकाबाट विनियोजन हुने बालबालिकाको १५ प्रतिशत रकम कहाँ खर्च गर्ने भन्ने निर्णय हामी बालभेलाबाट गर्छौ, यस्तो भेला टोल देखि वडा हुँदै नगरतहसम्म आई पुग्छ ।’
‘सुनवल गाविस हुँदा देखि नै बालअधिकारमा संवेदनशील रहेको थियो, नगरपािलका बने पछि बाल अधिकारका सवाललाई स्थानीय शासकीय प्रक्रियामा मूलप्रबाहिकरण गरिएको रहेछ ।’ नगरपािलकाका कार्यकारी अधिकृत माधब ढकालले थपे –‘बालमैत्री स्थानीय शासन घोषणा हुन अघि र त्यस पछि पनि सुनवलका सबै सेवाप्रदायक निकायले बालबालिकालाई शासकीय प्रक्रियाका प्रमूख साझेदार र निर्णय प्रक्रियका प्रमूख अंशियार मानेका छन् ।’
कार्यकारी अधिकृत ढकालका अनुसार बालबालिकालाई टोल विकास संस्था देखि एकीकिृत योजना तर्जुमा समितिलगायतका संयन्त्रहरुमा अर्थपूर्ण सहभागीता गराएको बताए । वडा तहको निर्णय प्रक्रियामा वडा तहकै सञ्जालले निर्णय गर्छन् भने नगर तहमा नगर सञ्जालले प्रतिनिधि छानेर पठाउने गरेको नगर सञ्जाल अध्यष गैरेले जानकारी दिइन् ।
बालमैत्री स्थानीय समितिमा बाल क्लबकी अध्यक्ष गैरे र अर्का सदस्य अनुप न्यौपानेले प्रतिनिधित्व गर्छन् भने खानेपानी तथा सरसफाई समिति, बाल संरक्षण समिति, स्वास्थ्य समिति आदिमासमेत बालबालिकाको प्रतिनिधित्व हुने गरेको छ ।त्यहाँ सबै बिद्याालयको व्यबस्थापन समितिको बैठकमा बालबालिकाको सहभागिता हुने गर्दछ ।
शासकीय निर्णय लिने स्थानमा बालबालिकालाई सहभागी गराएपछि सूचना प्रबाहमा सजिलो त भएकै छ, थप सामाजिक परिबर्तनमा पनि सहयोग पुगेको बिचार नगरपालिकाका तत्कालीन परामर्सदाता शर्मिला पौडेलको थियो । उनले सुनवलमा बालमैत्री स्थानीय शासन घोषणा हुने तहसम्म आई पुग्नका लागि सुनवलबासीको समान भूमिका रहेको टिप्पणी गर्दै बालक्लबहरुको सक्रियता र चासोलाई पनि उत्तिकै सम्मान गर्नु पर्ने बताईन् । हाल बिराटनगर उपमहानगरपालिकाको परामर्सदाताका रुपमा कार्यरत शर्मिलाको भनाई थियो, ‘सुनवलका बालबालिकाहरु राष्ट्रिय र अन्तराष्टिय तहमा समेत चर्चित र सम्मानित भएका छन्, यो उनीहरुको व्यक्तित्वको विकास बालमैत्री शासनको अभियानकै परिणाम हो ।’े
बाल क्लबहरुले बाल बिबाह रोकेका र बालश्रमिकको उद्धार गरेका कथाहरु पनि छन् । आफनै एक जना साथीको बाल बिबाह रोक्नुपरेको स्मरण गर्दै सञ्जाल अध्यक्ष गैरेले सार्बजनिक स्थानमा तास खेल्ने, मदिरा सेवन गर्ने र बालबालिकालाई चुरोट, मदिराजन्यपदार्थ किन्न नहुने कुरामा अभिभावकहरुसंग पटक पटक झगडा परेको पनि सुनाइृन् । त्यस्तै अनुभव अर्का क्लबका किरण तामाङसंग पनि छ । उनले पनि बाल बिबाह बिरुद्ध प्रहरी देखि अन्य अभिभावकलाई गुहारेको स्मरण सुनाए ।
सुनवलमा रहेको इलाका प्रहरी कार्यलयमा बेग्लै बाल हेल्प डेस्क रहेकाले पनि बालबालिका बिरुद्ध हुने हिंसा रोक्न सहयोग पुगेको त्यहाँका बालबालिकाहरुले बताएका छन् । इलाका प्हरी कार्यलयमा छु६्टै बाल हेल्प डेस्क भएको सुनवलको एक मात्र इलाका प्रहरी कार्यलय हो । कार्यलयका इन्चार्ज प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार नगरपालिकाको समन्वयमा नै हेल्प डेस्क खोलिएको हो ।तर अचम्म यो कि सुनवल बालमैत्री स्थानीय शासन घोषण भए पछि सुनवल नगरपालिकामा कुनै पनि बाल हिंसाका घटना भएको प्रहरीको जानकारीमा छैन ।
सुनवल स्थित उप स्वास्थ्य चौकीका प्रमूख सिअहेब चुरामणी नेपाल सुनवलमा बाल शक्ति जागेको बिश्लेषण गर्छन् । नानी बाबुहरु स्वास्य समितिमा बस्छन्, अरु सरोकारवालाले भन्दा गहकिला कुरा राख्छन् । बालबालिकाको निश्वार्थ बिचार राख्ने बानीका कारण पनि अन्यको भन्दा बालबालिकाका कुरा महत्वको हुन सक्ने उनको बुझाई छ ।
सुनवल बालमैत्री स्थानीय शासन घोषाणा गरे पछि बिभिन्न जिल्लाबाट सुनवल घुम्न आउने बालबालिकाको संख्या बढेको छ । ती सबै बालबालिकालाई अभिमूखिकरण गर्ने काम त्यहाँका बालबालिकाले नै गर्दछन् । एकातिर शिक्षालाई निरन्तरता दिदै सामाजिक जागरणमा बालबासलकाको क्रियाशिलताले साच्चिकै बाल शक्ति सुनवलमा देख्न सकिनेमा कुनै द्धिविधा छैन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्