27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 05:06

TRENDING .

६ करोडको कारोवार गर्दै सकीयो सुनवल महोत्सव

- Advertisement -

परासी, ११ फागुन उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको पश्चिमाञ्चल स्तरीय औधोगिक व्यपार मेलामाको कुल आर्थिक कारोबार करिब ६ करोड भएको छ । मेलामा जिल्लाको ग्रामिण क्षेत्र तथा छिमेकी जिल्ला एवं छिमेकी देश भारतबाट करिब २ लाख अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थितिले सो आर्थिक कारोबार भएको हो । संघले आयोजना गरेको मेला गत माघ २९ गते देखी सुरु भई आज फागुन ११ गते सम्पन्न भएको छ । 12742557_1131345156910744_5503978287117806360_nप्रर्दशनी मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, अटो मोबाईल्स, आईटीका आईटम, खाद्य परीकार, सूचना प्रविधिका सामानहरु, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, खेलौना, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धनका स्टलहरु आकर्षणले मेलाबाट करिब ६ करोडको आर्थिक कारोबार हुन पुगेको संघका कोषाध्यक्ष एवं आर्थिक समितिका संयोजक राजेश कुमार गुप्तले बताउनु भयो । जिल्लामा रहेका विभिन्न ऐतीहासीक, पुरातात्वीक एवं धार्मिक तथा पर्यटकिय स्थलको अन्तराष्टिय स्तरसम्म व्यापक प्रचार प्रसार गराउने, कृषि उपजनी तथा स्थानिय उत्पादित बस्तुहरुको राष्टिय बजारसम्म प्रवद्र्धन गर्ने, जिल्लालाई औद्योगिक करिडोरको रुपमा परिचित गराउने र जिल्लाको समग्र आर्थिक र सामाजिक रुपमा विकास गराउने उद्देश्यले आयोजित मेलामा ति उपलब्धीहरु पुरा भएको संघका अधयक्ष एवं मेला समितिका संयोजक भिम बहादुर थापा क्ष्ोत्रीले बताउनुभयो । मेलाको मुख्य आकर्षणको रुपमा रामग्राम स्तुपको आकारको मुख्य प्रवेश द्धार, आईटी, कृषि, अटो मोबाईल्स, लागयत ईन्स्टल, बाल उद्यान र सांस्कृति मन्चहरु मेला मुख्य आकर्षणको रुपमा रहेको छ भने मेलामा आईटी, कृषि, पर्यटन, उद्योग, व्यपार प्रर्वद्धन एवं सूचना प्रविधिको बृहत प्रर्दशनीले दर्शकको उत्साहजनक उपस्थित भएको र मेला सफल समेत भएको महसुस गरिएको संघका महासचिव एवं मेला प्रवक्ता गिरीराज पाण्डेले बताउनु भयो । अन्तराष्टिय जगतमै एक ठाउँमा मात्र सुरक्षित रहेको शान्तिका अग्रदुत एवं भगवान सिद्धार्थ गौतमबुद्धको अष्टधातु रामग्राम स्तुपाको स्ट्याचु(आकृती) मेलाको मुख्य आर्कषणको रुपमा रखिएको छ । स्तुपाको स्ट्याचुलाई मुख्य प्रवेशद्धारमै राखि स्तुप आकारको नै प्रवेशद्धार निर्माण गरिएको छ । त्यस्तै बुद्धको मावली पण्डितपुर, होमस्टे अमलटारी, गजेन्द्र मोक्षधाम, त्रिवेणीधाम , सीता मणी, राधाकृष्ण, मदारबाबा, नन्दन तथा बुद्धमंगल ताल, नागबाबा मन्दिर, बाबा बर्दगोरी, दाउन्नेदेवी, मौलाकालिका लगाएतका ऐतीहासीक एवं धार्मीक तथा पर्यटकिय स्थलको वृत्रचित्र मार्फत जानकारी गराइएको संघले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्