27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 03:15

TRENDING .

नेपाली क्रिकेटलाई निलम्बन गर्ने आइसीसीको संकेत

- Advertisement -

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाललाई निलम्बन गर्ने संकेत दिएको छ । क्रिकेट संघको विवाद तत्काल अन्त्य नगरिए कडा कदम चाल्न सक्ने संकेत गरेको हो ।

आईसीसीले सम्बद्ध पक्षहरूलाई पत्र पठाएर नेपालको क्रिकेट संघ दयनीय अवस्थामा रहेको बताउँदै नेपाली क्रिकेटले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइएको छ । आइसीसीका ग्लोबल डेभलेपमेन्ट प्रमुख टीम एण्डनरसनले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवबहादुर बिष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष रमेश सिलवाल र सरकारको निर्वाचनलाई वेवास्ता गर्दै निर्वाचनबाट चुनिएका क्यानका महासचिव अशोकनाथ प्याकुरेलको नाममा पत्राचार गरी यस्तो चेतावनी दिएका हुन् ।

मंसिरको अन्तिममा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको निर्वाचन भएको थियो । तर, राखेपले उक्त निर्वाचनलाई मान्यता नदिएर रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति निर्माण गरेको थियो । यसपछि उत्पन्न विवाद सर्वोच्चमा पुगेको छ । अदालतले अन्तिम निर्णय दिइसकेको छैन्, जसका कारण क्यान अहिले बोर्डबिहिन र सीईओको भरमा चलेको छ ।

एण्डरसनलाई यस विवाद र मुद्धाबारे चन्द समितिका महासचिव अशोकनाथ प्याकुरेलले इमेल गरेका थिए । यसपछि एण्डरसनले पत्र पठाउँदै भनेका छन्, ‘नेपालको सर्वोच्च अदालतको निर्णयबारे हामी स्पष्ट हुन सकेका छैनौँ । सर्वोच्चबाट कुनै निर्णय नभएसम्म नेपाली क्यानले क्रिकेटको सर्वोच्च निकायको रूपमा काम गर्न पाउनेछैन् । यसले गर्दा नेपाली क्रिकेटले ठुलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’Nepal-U-19-Cric

एण्डरसनले पत्रमा आगामी अप्रिलमा बस्ने आईसीसीको बोर्ड बैठकसम्ममा स्थिति सामान्य हुन नसके निलम्बनसम्मको कारबाही गर्न सक्ने बताएका छन् । आईसीसीले अमेरिका पनि दुईवटा समिति निर्माण भएपछि अमेरिकालाई निलम्बन गरेको थियो ।

एण्डरसनको पत्रले विश्व क्रिकेट लिग च्याम्पियनससिप अन्तरगत नेपाल र नामिबियाबीच वैशाख २ र ४ मा हुने तय भएको खेल समेत शंकाको घेरामा परेको संकेत गरेको छ । आईसीसीले ससर्त नेपालमा खेल गराउन लागेको हो । मैदानको अवस्था, सुरक्षा लगायतका विषयमा उसले चासो राखेको छ ।

नेपालको तयारी सन्तोषजनक नभएको र विवादका कारण क्यान कर्मचारीको भरमा चलेपछि आईसीसीले यस्तो चेतावनी दिएको हो । उनले भने, यदि नेपाली क्रिकेटलाई अघि बढाउने हो भने हामी सबै पक्ष एक ठाउँमा उभिनुपर्छ र एउटा निष्कर्षमा पुग्नुपर्छ ।’

तर, सर्वोच्च अदालतले फैसला पनि नगर्ने र सहमति पनि नहुने हो भने नेपालले अमेरिकाले जस्तै प्रतिवन्ध भोग्नु पर्नेछ ।

एन्डरसनले पत्रमा नेपालले आईसीसीले दिने २०१४ देखिको ९ लाख डलर सहयोग रकम रोकिएको पनि जानकारी गराएका छन् । एण्डरसनले पत्रमा लेखेका छन्, ‘राम्रो सर्वोच्च निकाय, उचित प्रशासन र आर्थिक व्यवस्थापन प्रणाली कार्यान्वयन नभएसम्म आईसीसीले दिने सहयोग रकम रोक्का भइरहने छ ।’

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्