27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 09:43

TRENDING .

महोत्सवमा दर्शकको घुईचो,५ करोडको आर्थिक कारोबार

- Advertisement -

नवलपरासीको सुनवलमा सुरु भएको पश्चिमाञ्चल स्तरीय दोश्रो औधोगिक व्यापार मेलामा दर्शरुकहको घुईचो लागेको छ ।  मेलाको आज नांै दिन शनिबार  झन्डै २० हजार दर्शकले मेला अवलोकन गरेका छन् भने मेलामा आर्थिक कारोबार करिब ८० लाख भएको छ ।
उद्योग बाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक  व्यपार मेलाको विभिन्न आकर्षण तथा मेलाको उचित व्यवस्थापनले मेला अवलोकनकर्ताहरुको भिडभाड हुने गरेको मेला प्रवक्ता तथा उद्योग वाणिज्य संघ महासचिव गिरीराज पाण्डेले बताउनु भयो । मेलामा दर्शकहरुको भिडभाड भएपछि मेलामा आर्थिक कारोबार पनि बढेको हो । खास गरि मेलामा सजाइएको आईटीका ईन्टल र सवारी साधनहरुको विक्रीमा बढि कारोबार भएको प्रवक्ता पाण्डेले बताउनु भयो । 12742557_1131345156910744_5503978287117806360_n
मेलामा कृषि, पर्यटन, उद्योग, व्यपार प्रर्वद्धन एवं सूचना प्रविधिको बृहत प्रर्दशनीले भारतको उत्तर तथा विहार प्रदेश र जिल्लाको ग्रामिण क्ष्ँेत्र लगायत सबै क्षेत्रका जनताहरुको बाक्लो उपस्थिति रहेको पाइएको छ ।
मेलामा मुख्य आकर्षणको रुपमा रहेको रामग्राम स्तुपको आकारको मुख्य प्रवेश द्धार, आईटी, कृषि, सवारी साधनहरुको ईन्टल, बाल उद्यान र सांस्कृति मन्च तथा राष्टिय स्तरका कलाकारहरु रहेको संघका सदस्य एवं सांस्कृति कार्यक्रमका संयोजक शंकर नेपालले बताउनु भयो । प्रदर्शनी मेलामा राष्टिय स्तरका लोक गायक दिपक खडका, रमेश भटराई, बद्री पंगेनी, जानकी तारमी मगर र हास्य कलाकार राजा राजेन्द्र पोख्रेलेका बेजोड प्रस्तुती रहेको थियो । ति कलाकारहरुको कला तथा सांस्कृति प्रस्तुतीले मेला अवलोकनकर्ताहरुलाई निकौ लोभ्याएको संयोजक नेपालले बताउनु भयो ।
प्रर्दशनीमा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धनका स्टलहरु गरि  ३ सय भन्दा बढि ईन्टलहरु राखिएका  छन्  । मेलामा आउने दर्शकहरुलाई जिल्लाको बिभिन्न ऐतिहासिक पुरातात्वीक एवं धार्मीक तथा पर्यटकीय स्थलहरुको बारेमा वृत्तचित्रमाफर्त जानकारी गराउने समेत कार्य भैरहको संघले जनाएको छ । यस दुईसाताको मेलाबाट संघले सात करोडको कारोबार हुने र करिब ३ लाख दर्शकले मेला अवालेकन गर्ने अपेक्षा गरेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्