24.1 C
Kathmandu
Thursday, March 28, 2024
Flowers in Chania

एक झट्काले दुवै हात लग्यो

- Advertisement -Flowers in Chania

करेन्ट लागेर दुवै हात गुमाएकी मेघा कार्कीको उपचारमा समस्या भएको छ । आर्थिक अवस्था कमजोर भएका कारण गत पुस २५ गते करेन्ट लागेर दुवै हात गुमाएकी विराटनगर– ११ घर भएकी १८ वर्षीया मेघाको उपचारमा समस्या भएको हो ।

बन्दै गरेको घरको नक्सा पास हुँदैन भनेपछि जेठानी शर्मिला र सासु पार्वतीकासाथ घरको छत हेर्न गएकी उनलाई गत पुस २५ गते करेन्ट लाग्यो । सामान्य अवस्थामा आफ्नै घरको छत हेर्न गएकी उनी होसमा आउँदा अस्पतालको बेडमा थिइन् । घरको छतमा पुगेपछि उनलाई अचानक हाई भोल्टेजको करेन्ट लाग्यो ।

‘नगरपालिकाका कर्मचारीले हाइ भोल्टेज तार नजिकै रहेको भन्दै घर नक्सा पास गर्न मानेका थिएनन् । करेन्ट लागेर दुवै हात गुमाएकी मेघाले भनिन्, ‘ छत हेर्न गएका थियौ । होस आउँदा अस्पतालमा थिए ।’Megha-Karki

करेन्ट लागेर दुवै हात काम नलाग्ने भएकी उनको उपचार गर्न समस्या भएको बुबा परशुराम घिमिरेले बताए । उनले भने, ‘ साढे तीन लाख खर्च भईसक्यो । १५/१५ दिनमा उपचाrकालागि काठमाडौँ जानु पर्छ ।’

डिभिजन सहकारी कार्यालय मोरङका कार्यालय सहयोगीको रुपमा कार्यरत उनी छोरीको उपचारकालागि सहयोगी हातको खोजीमा भौतारीरहेका छ्न् ।

दुवै हात गुमेकी उनी पूर्ण अपाङग जस्तै बनेकी छन् । उनको हेरचाह र उपचारकालागि एक जना मान्छे अनिवार्य चाहिने परशुरामले बताए ।

छतमा जाँदा अचानक उनले तार छोएपछि उनी छतमा नै ढलेकी थिइन् । करेन्ट लागेर ढलेपछि उनलाई न्युरो अस्पताल भर्ना गरिएको थियो । न्यूरोले उपचार गर्न नसक्ने भन्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको थियो । तर, धरानमा जटिल केस भएको भन्दै उपचार सम्भव नभएपछि काठमाडौँ टिचिङ अस्पतालमा लगिएको थियो । करेन्ट लागेको दुई दिनपछि पुस २७ गते सोमबार अस्पतालले दुवै हात काम नलाग्ने भन्दै काटेर फ्यालिदिए । सामान्य परिवारकी उनको दुवै हात काटिएपछि अहिले उपचारमा समस्या भएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्