27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 10:03

TRENDING .

नवलपरासीका सन्दिप लामिछाने विश्वका उत्कृष्ट क्रिकेट खेलाडीमा छानिए

- Advertisement -

यु १९ विश्वकपका उत्कृष्ट ११ खेलाडीको सूचीमा नेपालका सन्दिप लामिछाने पनि परेका छन् । विश्व क्रिकेट परिषद आइसिसिले मंगलबार तयार गरेको ‘फ्युचर स्टार्स’को सूचीमा नेपाली बलर सन्दिपले स्थान पाएका हुन् ।लामिछाने केहीसमयअघि बंग्लालेशमा सम्पन्न विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो नम्बरमा परेका थिए। उनले छ खेलमा १४ विकेट लिएका थिए।१५ विकेट लिएका नामिबियाका फ्रिज कोएट्जी पहिलो नम्बरमा छन् । सन्दिपको घर नवलपरासी जिल्लाको रजहरमा हो । बाबु आमा सहित उनी भारतमै वस्थे तर उनी नेपालको जर्सी लगाएर अन्तराष्ट्रिय क्रिकेट खेल्ने लक्ष्य लिएर १३ वर्षको उमेरमा नेपाल आएका थिए।बाबु भारतीय रेल्वेमा कार्यरत रहेकाले उतै हुर्के बढेका सन्दिपले हरियाणामा नै क्रिकेटको बल र ब्याट समाउन सिके । क्रिकेटप्रतिको उनको लगाव बढ्दै गएपछि नेपालको जर्सी लगाएर खेल्ने सपना देख्न थाले । त्यसैले उनी आफ्नो गाउँ नवलपरासीको रजहर फर्केका थिए । रजहरमा दिदी भिनाजुसँग बसेर देवचुली उच्च माविमा अध्ययनसँगै क्रिकेट पनि खेलिरहेका उनीसँगको प्रतिभा राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायकेले नियाले र उनलाई नवलपरासीको रजहरबाट सिधै काठमाडौं ल्याए । दासानायके चितवन आउने थाहा पाएपछि उनी नेपालका पूर्व कप्तान राजु खड्काको समन्वयमा नारायणगढको क्याम्पा चौरमा आइपुगेका थिए । खड्काकै प्रशिक्षणमा बलिङ गरिरहेका सन्दिपको हातमा जादु नै देखेर होला उनलाई पुवुदुले काठमाडौं बोलाए । एक वर्षअघि काठमाडौं आएका सन्दिपको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उनले १९ वर्षमुनिको विश्वकप क्रिकेटको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको सुपर लिग प्रतियोगितामा १२ विकेट लिए । त्यो १२ विकेटले नै उनलाई राष्ट्रिय टिममा पर्न मद्दत गर्‍यो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्