24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

नवलपरासीमा अबैध ढुङ्गा निकाशी गर्ने आठ ट्याक्टर समातिए

- Advertisement -Flowers in Chania

सुनवल, फागुन ४-

खोलाबाट अबैध रुपमा खोलाजन्य पर्दाथ चोरी निकासी बढेको छ । सुनवलको तुरिया खोलाबाट दिनहुँ यस्तो चोरी निकाशी हुने भएपछि प्रहरीले कढाइ गरेको छ । सुनवल प्रहरीले अबैध रुपमा ढुङ्गा लोड गरेको अबस्थामा ८ वटा ट्याक्टरलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक योगेन्द्र तिमील्सिनाको टोलीले लु २ त ७३४८ लु २ त ७२९६ लु २ त २७४८ लु ३ त २४२७ लु ३ त २४२५ लु ३ त २४०५ लु ३ त ६४९ लु ३ त ९६६२ नम्वरका टेक्ट्ररहरु पक्राउ गरेको हो । पक्राउ परेका ट्याक्टरलाई पहिलो पटक रु सात हजार जरिवाना र पटके भए बढी जरिवाना लिने गरेको छ । यस्ता ट्याक्टर जिल्ला विकास समिति नवलपरासीमा जरिवाना तिरेको रसिद प्रहरीमा लिएर गएपछि छुट्ने गरेका छन् ।

पक्राउ परेका टेक्ट्ररमा ल्याइएको ढुङ्गा कार्यालयमै खसालेर जरीमाना लिएर छाड्ने गरेको तिमील्सिनाले बताए । जरिवाना गर्दा पनि पटक पटक एउटैकाममा ट्याक्टरहरु खोलामा जाने गरेका छन् ।tyactor

जिल्ला बिकास समितिले आर्थिक वर्षको अन्तिममा खोलाजन्य पर्दाथको ठेक्का बन्दोबस्त गर्दै आएको भए पनि यस वर्ष खोलाहरुको वातारण प्रभाव मुल्यांकन नभएको र कतिपय खोला राष्ट्रपति चुरे संरक्षण अन्तरगत परेकाले पनि ठेक्का लगाउन नसक्दा चोरी निकाशी बढेको छ । जिल्ला विकास समितिले खोलाको ब्यव्स्थापन भन्दा पनि बाहाना बनाउने गरेकाले एकातिर करोडौ राजश्व गुमेको छ भने अर्कोतिर खोलामा दोहोन बढेको छ ।

तुुरिया जस्तै जिल्लामा रहेका एक दर्जन खोलाहरुमा जिल्ला बिकास समितिले ठेक्का लगाउन सकेको छैन । गत आर्थिक वर्षमा लगाएका ठेक्काबाट निकालिएको स्टक बिक्री गरेर नसकिएकाले जिविस र ठेकेदारको मिलेमतोमा खोलाको ठेक्का हुन सकेको छैन । जिल्ला विकास समितिले भने खोलाको ठेक्का निकाल्ने काम भइरहेको जनाएको छ । अहिले सम्म दुई वटा खोलाको मात्र ठेक्काका लागि जिविसले सूचना निकालेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्