27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:32

TRENDING .

निशुल्क शैक्षिक सामग्री वितरण

- Advertisement -

निशुल्क शैक्षिक सामग्री वितरण

नवलपरासी, १ फाल्गुन ।
तेस्रो पुस्तक दिवस र श्रीपञ्चमीको अवसर पारेर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नवलपरासीले शनिबार नवलपरासीका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क शैक्षिक सामग्री वितरण गरेको छ ।
नवलपरासीको नयांबेलहानी ५ मा रहेको सरस्वती निमाविका करिब १ सय छात्रछात्रालाई स्टेशनरी सामग्री वितरण गरिएको पुस्तक व्यवसायी महासंघ नवलपरासीका सचिव रविन्द्र न्यौपानले बताए ।
भुकम्पप्रभावित, बाढीपीडित र दलितजनजाति समुदायका विद्यार्थीहरुलाई नयां बेलहानी गाविसका गाविस सचिव घनश्याम गाहले शैक्षिक सामग्री प्रदान गर्नुभएको हो ।
कार्यक्रम पुस्तक व्यवसायी महासंघका जिल्ला अध्यक्ष देवलाल काफ्लेको अध्यक्षतामा भएको थियो ।
त्यस्तै सरस्वती पुजाको अवसरमा पारेर अक्षर आरम्भ गर्न आउने बालबालिकाहरुलाई कावासोतीको प्रकृति पुस्तक पसलले शनिबार निशुल्क रुपमा शैक्षिक सामग्री वितरण गरेको छ ।
व्यवसाय स्थापनाको २० बर्ष पुरा गरेको र पुस्तक दिवस समेत परेकोले विद्यालयमा सरस्वती पूजाका दिन अक्षर आरम्भ गर्न आउने बालबालिकाहरुलाई निशुल्क रुपमा किताव कापी र अन्य स्टेशनरीका सामग्री वितरण गरेको प्रकृति पुस्तक पसलका व्यवस्थापक गीता पराजुलीले बताए ।
प्रकृति पुस्तक पसलले शनिबार १२ वटा विद्यालयका बालबालिकालाई निशुल्क शैक्षिक सामग्री वितरण गरेको थियो ।
रामकुमार श्रेष्ठ । नवलपरासी

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्