27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 05:11

TRENDING .

जनयुद्ध दिवसमा शुभकामना आदान प्रदान

- Advertisement -

नवलपरासी, १ फाल्गुन ।
जनयुद्ध दिवसको अवसरमा शनिबार नवलपरासीमा माओवादी पार्टीहरुले विभिन्न स्थानमा शुभकामना आदानप्रदान कार्यक्रम गरेर दिवस मनाएको छ ।
दिवसको अवसरमा एकीकृत नेकपा माओवादी, वैद्य नेतृत्वको नेकपा कान्तिकारी माओवादी र मातृका नेतृत्वका नेकपा माओवादीले नवलपरासीको परासी र कावासोतीमा संयुक्त कार्यक्रम गरेका छन् ।
त्यस्तै विप्लवले नेतृत्व गरेको नेकपा माओवादीले पनि नवलपरासीका विभिन्न स्थानमा छुट्टा छुट्टै कार्यक्रम गरी जनयुद्ध दिवस मनाएका छन् ।
कावासोतीमा भएको जनयुद्ध दिवसको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् क्षेत्र नं. ४ का सेक्रेटरी हरि अधिकारीले एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच एकीकरणका लागि प्रक्रिया थालनी भएको बताए ।
त्यस्तै  नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य एवम् अवध राज्य सहइन्चार्ज अशोक लम्साल अनुकुलले माओवादी पार्टीहरु जति एक ठाउंमा एक ढिक्का भएर आउनुको विकल्प नरहेको बताए ।
एकीकृत नेकपा माओवादी र नेकपा माओवादी क्रान्तिकारीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम शुरु हुनुपूर्व कावासोतीको सभापति चोकदेखि कावासोती खुल्ला मैदानसम्म र्याली समेत निकालिएको थियो ।
त्यस्तै विप्लव नेतृत्वको नेकपा माओवादीले पनि नवलपरासीको कावासोती लगायतका स्थानमा जनयुद्ध दिवसको शुभकामना आदानप्रदान गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी इलाका नं. ३ का इन्चार्ज माधव केसीले माओवादीले अब गाउं गाउंमा पनि जनसरकार घोषणा गर्ने र गाउंगाउंमा पनि समानान्तर सरकार सञ्चालन गर्ने बताए ।
रामकुमार श्रेष्ठ । नवलपरासी

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्