27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 10:40

TRENDING .

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरी मनाइँदै

- Advertisement -

विद्या र वाणिकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्दै शनिवार मुलुकभर श्रीपञ्चमी मनाइँदै छ । यस दिनलाई बालबालिकाहरुलाई अक्षरारम्भ गराउने पर्वको रुपमा लिने गर्दछ ।अभिभावकहरु आ–आफ्ना सन्तानहरुलाई नजिकको सरस्वती मन्दिरमा लगी खरी वा सिसाकलमले अक्षर लेखाउने गर्दछन् । यस दिन सरस्वतीको पूजा अर्चना गराई विद्याराम्भ गराएमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ ।Saraswati-vandana

बालबालिकाहरुलाई अक्षरारम्भ गराउँदा सर्वप्रथम ‘श्री गणेशाय नम: भनी गणेशलाई त्यसपछि ‘नम:सिद्ध’ भनी सिद्ध महापुरुषहरुलाई नमस्कार गराई ‘नमो बागीश्वराय:’वाकदेवीलाई नमस्कार गराउने परम्परा छ । यसपछि मात्र बालबालिकाहरुलाई स्वर र ब्यञ्जनका अक्षरहरु सिकाइने गर्दछ ।

श्रीपञ्चमीको अघिल्लो दिन साँझ महामञ्जुश्री ल्हासाको बाटो गरी स्वयम्भूको महारश्मी दर्शन गर्न महाचीनबाट आफ्नी शक्ति वरदा र मोक्षदाका साथ काठमाडौं आएको लोककथन छ । त्यसैले उनको थकाई मेटाउन भनी बालबालिका र महिलाहरुले सरस्वतीको मूर्तिमा तेल घसिदिने चलन छ । यसै अवसरमा ललितपुरको लेलेमा अवस्थित सरस्वती कुण्ड र ज्ञानकुण्डमा बिशेष मेला लाग्ने गर्दछ ।

ऋतु विज्ञानअनुसार चैत र बैशाखलाई शुद्ध बसन्त ऋतु मानिएको छ । तर पनि बासन्ती प्रकृतिको पूर्व रङ यसै दिनदेखि रुख तथा विरुवाहरुमा नयाँनयाँ पालुवाहरु देखिने, मानिसहरुको मानसिक प्रकृति बदलिने, शिशिर ऋतुको भन्दा बेग्लै किसिमको हावा बहने र वाह्य वातावरणले समेत प्रमुदित रुप धारण गर्‍यो कि भन्ने भान पर्ने हुनाले यस दिनलाई बसन्त ऋतुको पहिलो दिन मानी बसन्तोत्सव पर्ने परम्परा छ । यही कारणले गर्दा यस पर्वको अर्को नाम ‘बसन्त पञ्चमी’ रहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्