27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:31

TRENDING .

भारत भ्रमण पछि गतिरोध अन्त्य हुने :अर्थमन्त्री विष्णु पौडेल

- Advertisement -

अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीको भारत भ्रमण पछि देशमा देखिएको गतिरोध अन्त्य हुने दाबी गरेका छन् ।  लामो समयसम्म मुलुकले व्यहोरेको इन्धन आपुर्ति को समस्या केही दिनदेखि सहज बन्दै गएको भन्दै उनले प्रधानमन्त्रीको भारत भ्रमण पछि मुलुकभर इन्धनलगायत अन्य सबै समस्या समाधान हुने बताए ।  Bishnu-Paudel
उद्योग वाणिज्य संघ नवलरासीद्धारा शुक्रवारदेखि सुनवलमा सुरु भएको पश्चिमाञ्चल औद्योगिक व्यापार मेलाको उद्घाटन गर्न पुगेका अर्थमन्त्री पौडेलले नाका भएको अवरोधका कारण खुसि हुनेहरुका लागी सन्देश दिन पनि प्रधानमन्त्रीको भ्रमण रहेको भन्दै उनले यसले दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्रीको भारत भ्रमण पछि देशमा देखिएको आर्थिकदेखि राजनीतिक सबै खाले समस्या समाधान हुने दाबी गरे ।
लामो समयसम्म देशमा भएको असहज परिस्थितिमा जनताले धैर्यता देखाएर उदाहरण प्रस्तुत गरेको भन्दै उनले मधेसका अधिकांश माग पूरा भएकाले बाँकी रहेका विषयलाई वार्ता मार्फत् टुंगोमा पु¥याउन सकिने बताए । त्यसका लागी छलफल र संवाद निरन्तर अघि बढी रहेको पनि बताए । ‘नयाँ संविधान निर्माणसँगै अधिकारका लागी हुने आन्दोलन अब समाप्त भएका छन्, त्यसलाई छाडेर आर्थिक सम्बृद्धिको आन्दोलनमा लाग्नुस् ।’ उनले मधेसवादीदल तर्फ इङ्गित गर्दै भने ।
मेला उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष भवानी राणा, केन्द्रीय सदस्य गुणनिधी तिवारीलगायतले आर्थिक विकास नभएसम्म राजनीतिक स्थिरता नहुने भन्दै नाकाबन्दी पछि जर्जर अवस्थामा पुगेको नेपालको निजी क्षेत्र प्रधानमन्त्रीको भारत भ्रमण पछि सुधार हुनेमा विश्वास व्यक्त गरे ।
फागुन ११ सम्म सञ्चालन हुने मेलामा २ सय ५० स्टलहरु रहेको उवा संघका जिल्ला अध्यक्ष भरत थापाले बताए । मेलामा भारत, पाक र बंगलादेशमा उत्पादन भएका सामाग्रीहरुकोसमेत प्रदर्शनी रहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्