27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 02:54

TRENDING .

प्रधानमन्त्री ओलीले फागुन ७ गतेदेखि भारतको भ्रमण गर्ने

- Advertisement -

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ७ गतेदेखि भारतको भ्रमण गर्ने भएका छन् । भारत सरकारले आज प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो दिएको छ । भारतको विदेश मन्त्रालयले आज मात्रै भ्रमणसम्बन्धी जानकारी नेपाल सरकारलाई गराएको हो । मन्त्रिपरिषद्को आज बसेको बैठकमा भ्रमणका विषयमा छलफल भएको र भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।

भारत सरकारको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमण जाने उनले बताए । त्यसको आवश्यक तयारी परराष्ट्र मन्त्रालयले गर्ने छ । सरकारले दुई चिकित्सकलाई मन्त्रिपरिषद्का चिकित्सकका रुपमा नियुक्त गरेको छ । प्रवक्ता राईका अनुसार डा दिव्यासिंह शर्मा र डा दिलीप शर्मालाई उक्त पदमा नियुक्त गरिएको हो ।सरकारले नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध स्थापना भएको उपलक्ष्यमा विशेष कार्यक्रम गर्न उपप्रधानमन्त्री कमल थापाको संयोजकत्कमा ३२ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध स्थापना भएको थियो ।            kp-oli             १८५२ मा जङ्गबहादुर राणाबाट सुरु भएको उच्चस्तरीय बेलायत भ्रमण हालसम्म नेपालबाट ३४ र बेलायतका तर्फबाट ३९ वटा भइसकेको छ ।समितिले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्षका अवसरमा के–कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा आवश्यक निर्णय गर्नेछ । समितिमा परराष्ट्रविज्ञ र सरोकार भएकाहरुलाई सहभागी गराइनेछ । त्यस्तै नेपाल–जापान सम्बन्ध स्थापनाको हीरक महोत्सव मनाउन ३० सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्