27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:33

TRENDING .

नेपाललाई यु-१९ विश्वकप २०१८ मा छनोट गर्ने खेल बिहीबार

- Advertisement -

काठमाडौँ, २७ माघ(ओएनएस) : बंगलादेशमा जारी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सातौँ स्थानका लागि नेपालले नामिबियासँग प्रतिष्पर्धा गर्ने भएको छ ।

नेपालको नामिबियासँगको प्रतिष्पर्धा सातौँ स्थानका लागि मात्र नभएर न्युजिल्याण्डमा हुने आगामी यु-१९ विश्वकप २०१८ मा स्वत छनोट हुने या विभिन्न छनोट चरणलाई पार गरेर पुग्ने भन्नेमा पनि केन्द्रित हुनेछ । आईसीसीले हालै बनाएको नयाँ नियम अनुसार एसोसियट राष्ट्रमध्ये शीर्ष स्थानमा रहने टोलीले सन् २०१८ मा न्युजिल्याण्डमा हुने १९ वर्षमुनीको विश्वकपमा स्वत छनोट हुनेछ । यही नियम अनुसार बिहीबार हुने नेपाल र नामिबियाबीचको खेलले यी दुई एसोसियट राष्ट्रमध्ये कुन देश आगामी विश्वकपका लागि स्वत छनोट हुने भन्ने टुङ्गो लगाउने छ ।

सातौँ स्थानका लागि हुने खेल भन्दा पनि महत्वपूर्ण हुनेछ, आगामी विश्वकपमा स्वत छनोट हुनु । नेपाल पाकिस्तानसँग प्लेअफ सेमिफाइनलमा पराजित भएपछि पाँचौ स्थानका लागि प्रतिष्पर्धा गर्ने मौका गुमाएको थियो भने नामिबियाले आज भएको खेलमा इङल्याण्डसँग लज्जास्पद पराजय बेहोरेपछि सातौँ स्थानका लागि नेपाललाई प्रतिष्पर्धीका रूपमा पाएको छ ।

मंगलबार भएको खेलमा नेपाल पाकिस्तानसँग १ सय २२ रनले पराजित भएको थियो भने आज बुधबार भएको खेलमा नामिबिया इङल्याण्डसँग २ सय ३ रनले पराजित भएको छ । पाँचौ स्थानका लागि भएको प्लेअफ सेमिफाइनल दुवै देश पराजित भएपछि सातौ स्थानका लागि प्रतिष्पर्धा गर्ने भएका हुन् ।

बिहीबार हुने खेलमा दुवै देशले आ-आफ्नो जितका लागि भरपुर प्रयास गर्नुपर्ने हुन्छ । यस प्रतियोगितामा अहिले एसोसियट राष्ट्रमा सबैभन्दा अगाडि नेपाल र नामिबिया रहेका छन् । यस हिसाबले भोली हुने भीडन्तले साँतौ स्थानको टुङ्गो लगाउनेनै छ भने आगामी विश्वकपका लागि सहज ढोका खोल्ने छ ।

अहिलेसम्म खेलमा नेपाल नामिबियाभन्दा केही बलियो देखिएको छ तर, क्रिकेटमा कुनै पनि अवस्थामा जे पनि हुन सक्छ । तरपनि नेपालको स्पिन र बंगलादेशमा यो प्रतियोगिता भइरहेका कारण नामिबियाभन्दा नेपाल केही बलियो देखिएको छ ।

भोली बिहीबार हुने खेलले नेपाललाई विश्वकपको यात्रामा कति सहज रूपमा प्रवेश गर्न सक्छ भन्नेमा निर्णय गर्छ । नामिबियाविरूद्वको खेल र त्यस खेलमा जित नेपालका लागि महत्वपूर्ण बनेको छ । नेपालका लागि यो खेल कुनै फाइनल भन्दा कम हुने छैन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्