24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

कोइरालाको अन्तेष्टी राजकीय सम्मानका साथ गरिने, भोली सार्वजनिक बिदा

- Advertisement -Flowers in Chania

सरकारको आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्तेष्टी गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले कोइरालाको राजकीय सम्मानका साथ अन्तेष्टी गर्ने र बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।कोइरालाको अन्त्येष्टी बुधबार पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिने भएको छ । नेता महेश आचार्यले दिएको जानकारी अनुसार परिवारको सहमतिमा उनको विद्युतीय शव दाहगृहमा अन्त्तेष्टी गरिने भएको हो ।sushil-koirala-funeral

कोइरालाको निधनको शोकमा २७ देखि २९ गतेसम्म देशभरका सरकारी कार्यालयहरु र स्वदेश तथा विदेशका कुटनीतिक नियोगका कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । यस्तै, आजै बसेको कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठकले कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि रंगशालामा राख्ने निर्णय गरेको छ । भोली बुधबार २ बजेसम्म कोइरालाको शव रंगशालामा राख्ने र शवयात्रापछि अन्त्येष्टी गर्ने निर्णय गरेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्